Logo

नेकपाद्वारा भट्टराईको स्वास्थ्यलाभको कामना



२९ चैत : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज प्राइमरी एन्जिओग्राफी गरिएका पार्टीका केन्द्रीय सदस्य एवं प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

भट्टराईको गङ्गालाल हृदय रोग केन्द्र, बाँसबारीमा उपचार भइरहेको छ । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको पार्टीले जनाएको छ ।
सो पार्टीका कार्यालय सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले आज विज्ञप्ति जारी गरी भट्टराई अस्पतालको कोरोनरी केयर युनिट (सिसियु) कक्षमा उपचाररत रहेका र उनलाई भेटघाट नगर्न÷नगराउन चिकित्सकको सुझाव रहेको जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्