लण्डन, ३० चैत । प्रवासी नेपाली एकता मन्च युकेले कोरोना भाइरसका कारण युकेमा नेपाली समुदायमा आइपर्न सक्ने संकटकालिन अवस्थामा सहयोग पुर्याउनका लागि आफ्ना सदस्यहरुलाई विभिन्न क्षेत्रमा स्वयमसेवकका रुपमा खटाएको छ ।
मन्चका सचिव सुरेश गौतमले शनिबार जारी गरेको प्रेस(नोटमा आफ्ना सदस्यहरुलाई मात्र नभई समग्र नेपाली समुदायमा परिआउने अत्यावश्यक र आकस्मिक सहयोग पुर्याउन सदस्यहरुलाई अनुरोध गरेको छ ।
मन्चले कोरोना भाईरसबाट बेलायतमा संक्रमित भै अकालमा मृत्यु हुनु भएका नेपालीहरूप्रति श्रद्धान्जलि अर्पण गर्दै संक्रमितहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । यसरी नै ज्यानको खतरा मोल्दै रात दिन निरन्तर खटने स्वास्थ्यकर्मीहरूप्रति सम्मान प्रकट गरेको छ । (वीनेपालीडटकमबाट)