Logo

मुख्यमन्त्रीहरु लकडाउन लम्ब्याउने पक्षमा, धमलासँगको अन्तर्वार्तामा के भने ? (भिडियोसहित)



काठमाडौं, ३० चैत्र । प्रदेश नमबर १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश नम्बर २ का लालबाबु राउत, गण्डकी प्रदेशका पृथ्वीसुब्बा गुरुङ र सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले केन्द्र सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि लगाएको लकडाउन लम्ब्याउनुपर्ने बताएका छन् । प्राइम टाईम्स टेलिजिभनको लािग पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनीहरुले यस्तो अडान राखेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजोमात्रै ७ वटै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्स गरेका थिए । आफूहरुले साँढे चार घण्टा प्रधानमन्त्रीसँग कुराकानी गरेको मुख्यमन्त्री राईले जानकारी दिए । आफूहरुले कोरोनाविरुद्ध लड्नको लागि सुरुदेखि नै सावधानी र सचेतना अपनाएकोले स्थिति नियन्त्रणमा रहेको पनि राईले जनाए ।

भिडियोमा हेरौं मुख्यमन्त्रीहरुले प्रधानमन्त्री ओलीसँग के-के कुराकानी गरेका थिए ?



प्रतिक्रिया दिनुहोस्