Logo

वेद के हो



हिन्दु सभ्यताको सबैभन्दा प्राचीन गन्थ्र वेद हो । वेद संस्कृत विद्ध बाट बनेको हो । जसको अर्थ जान हुन्छ । वेद ईश्वरलाई सुनाएको ज्ञानमा आधारित हो यसैले यसलाई श्रुति भनिन्छ । धेरै लामो समयसम्म लिपिक कला विकसित भएको थिएन, तब श्रुति निकै प्रचलित थियो । वेदमा परम सत्य ईश्वरको वाणी संग्रहित छ । ब्रह्मा, जीव, आत्मा, ब्रहाण्ड केहो यसको उत्पत्ति कसरी भयो ? ज्योतिष, गणित, रसायन, औषधि, प्रकृति,भुगोल, धार्मिक नियय आदीको विस्तृत व्याख्या वेदमा गरीएको छ ।

सबै पिण्ड–ब्रह्माण्ड र परमात्माको विज्ञान वेद हो । वेद मानव सभ्यताको मुल श्रोत हो । यसमा मानव–जीवनको लौकिक ए.व परलौकिक उन्नतिको लागि उपयोगी सबै सिद्धान्त एंव उपदेशको अद्रभुत वर्णन छ । वेद एक प्रकारको मन्त्रका विज्ञान हो । वेदमा आध्यात्मिक ज्ञानको साथमा विज्ञान, कला, संगीत र आयुर्वेदको ज्ञान पनि छ । सबै वेद संस्कृत भाषामा रचिएको छ । वेदलाई चार भागमा बाडिएको छ ।

  • · ऋग्वेद
  • · यर्जुवेद
  • · सामवेद
  • · अथर्ववेद


प्रतिक्रिया दिनुहोस्