काठमाडौं, ३० चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षलाई साह्रै अप्ठ्यारो परिस्थितिमा स्वागत गर्नुपर्ने भएको बताएका छन् । उनले आज नयाँ वर्षको पूर्व सन्ध्यामा शुभकामना दिदै अप्ठ्यारो परिस्थिति उल्लेख गरेका हुन् ।
‘पुरानो वर्षलाई बिदा गर्न र नयाँ वर्षलाई स्वागत गर्ने यो घडी वास्तवमा उल्लास र उमङ्गको पर्व हुनुपर्ने थियो,’ समिक्षा र नयाँ संकल्पको अवसर हुनुपर्ने थियो, ‘प्रधानमन्त्रीले ओलीले सन्देशमा भनेका छन्, ‘तर यस नयाँ वर्षलाई हामी साह्रै अप्ठ्यारो परिस्थितिमा स्वागत गर्दैछौं ।’
उनले नयाँ वर्ष २०७७ मा सुख, शान्ति समृद्धि र सुस्वास्थ्यको शुभकामना समेत दिएका छन् ।