Logo

संकट बढ्दैछ सरकार सतर्क हुनुपर्छ : नेम्वाङ



काठमाडौँ १ बैशाख । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले देशमा संकट बढ्दै गइरहेको बताएका छन् । तत्कालै देश पूर्ण अवस्थामा जान सक्ने बताउदै सरकारले अझै सतर्क भएर उचित कदम चाल्नुपर्ने नेता नेम्वाङले बताएको हो ।

नयाँ वर्ष २०७७ लाई आसा र भरोसाको वर्ष बनाउनुपर्ने भन्दै कोरोनाविरुद्ध लड्न सरकार एक्लैले जित्न नसक्ने त्यसमा सबैको साथ हुनु पर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहशमा कुरागर्दै नेम्वाङले अहिले सवै दल र जनता एक भएर लागेको समयमा अविभावकको भूमिकामा सरकार रहेकाले प्रभावकारी कार्यक्रमहरु ल्याउनु पर्ने बताएका छन् । उनले भने, हामी सरकारले गरेका सवै कामबाट सन्तुष्ट छैनौँ, सरकारले कमी कमजोरी सच्याउनु पर्छ’ ।



प्रतिक्रिया दिनुहोस्