Logo

वेदका चार भाग



वेदमा आध्यात्मिक ज्ञानको साथै विज्ञान, कला, संगति र आयुर्वेदको ज्ञान पनि हुन्छ । सबै वेद संस्कृत भाषामा रचना गरीएको छ । वेदलाई चार भागमा बाडीएको छ ।

१ं ऋग्वेदः ऋक अर्थात स्थिती र ज्ञान । ऋग्वेद सबैभन्दा पहिलो वेद हो ज्ुन पद्योत्मक हो । यो सबैभन्दा पुरानो वेद हो यसमा १० मण्डल तथा १ हजार २८ सुक्त र ११ हजार मन्त्रको वर्णन भेटिन्छ । गायत्री मन्त्र ऋग्वेदमा उल्लेख गरीएको छ । ऋग्वेदमा मन्त्र उच्चारण गर्ने ऋषिलाई होतृ भनिएको छ । यस वेदलाई ५ शाखामा बाडएिको छ । शाकल्प, वास्कल, अश्लायन, शांखायन र मंन्डुकायन ।

२. यजुवेदः यर्जुको अर्थ यज्ञ । यसैले यजुर्वेदमा यज्ञ (हवन) गर्ने सबै विधि र सबै मन्त्रको उल्लेख गरीएको छ । यज्ञको साथसाथै तत्वज्ञान, रहस्यमयी ज्ञान, ब्रह्माण, आत्मा, ईश्वर र पद्धार्थको ज्ञानको पनि वर्णन गरीएको छ । यजुर्देव गद्य र पद्य दुइृटेमा लेखिएको छ । कृष्ण र शुक्ल यजुर्देवको भाग दुई भाग हुन् ।

३. सामदेवः सामको अर्थ गान । यसैले भारतीय संगीतको मुल आधार सामवेद मानिएको छ । सामवेदमा पाठ्यकर्तालाई उद्रात भनिन्छ । यसको १ हजार एक शाखा रहेका छन् । तैपनि हाल तीन मात्र प्रचलित छन् । कोथुमीय, जैमिनीय र राणायनीय

४.अर्थवेदः अर्थवेदको रचना अर्थव ऋषिले गरेका हुन् । ऋषिले रचेका कारण खरो उत्तर छन् यसैले यसलार्य वेदमा राख्ने वा नराख्ने भन्नेमा हाल पनि विवाद चलिरहेको छ । यसमा कुल २० काण्ड, ७ सय ३० सुक्त एंव ५ हजार ९ सय ८७ मन्त्र रहेका छन् । अर्थवेदमा ब्रहज्ञान औषधि प्रयोग रोग निवारण जन्त्र–तन्त्र टुना मुनाको वर्णन गरीएको छ ।



प्रतिक्रिया दिनुहोस्