राम खड्का:
ज़िन्दगी छोटो रहेछ
हिजो सम्म हास्नेहरू आज भित्ताको तस्वीरमै सिमित भए!
पैसा पनि खोटो रहेछ
बगली भरि भए पनि
रहरहरू सबै मन भित्रै खुमचिन गए !
कयौ सपना सजाऊदै
शहर भरी छरिएका मनहरू
भय र त्रास वीच कोठाको एकै कुनामा सिमित रहे!
कयौ आत्माहरू, आफनतको माया र साथ बिनै
दिनदिनै अस्ताऊदै विदा हुदै गए !
मानवता हराऊदै गईरहेको मानवले पनि
आफनत खोजदै चिचयाऊन थाले !
रोगी, भोगी जोगी धेरैले नचाहदा नचाहदै
अकालमै ज़्यान मिलकाऊन थाले !
रिस, ईर्ष्या अहमताले भरिएका बेलुनहरू पनि
छताछुलल हुने गरि फुटे !
ढोकी आडम्बरी र अभिमानीहरूले पनि
कहिलयै नभुलने गरि जीवनको अर्थ बुझे !!
सिसा सरह ज़िन्दगी रहेछ बचाऊन साहैं गाहों
भुलाऊन कोही नआऊदा रहेछन हुदानी साहैं साहों!
यो कस्तो रहेछ
मानवतालाई चुनौती दिदै चुडि लाने पारो
रोगी बुढा बुढी र अशक्तहरूलाई वनाई बनाई तारो !!!
(ललितपुर महालक्ष्मी नगरपालिका ८ चारघरेका राम खड्का हाल अमेरिकामा छन्)