Logo

सङ्क्रमित भेटिएपछि कैलालीमा त्रास



कैलाली, बैशाख २ । सोमबार कैलालीको लम्कीमा थप एक जनामा कोरोनाको सङ्क्रमण फेला परेपछि कैलालीका नागरिक त्रसित भएका छन् । लम्कीमा सङ्क्रमण देखिएकी ६५ वर्षीया महिला १७ जनाको टोलीसहित जिल्ला प्रशासन कार्यालय पर्साको सिफारिसमा केही दिन अघि लम्की पुगेकी हुन् ।

लम्की चुहा नगरपालिकाको लम्की बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा उनीहरुलाई राखिएको थियो । उनीहरु बीरगञ्ज नाकामा सडकमा बसेर चिया बेच्ने काम गर्नेहरु भएको बताइन्छ । ती १७ जना मध्ये केही लम्कीको भुरुवा निवासी हुन् भने केही त्यहाँ घर नभएका रहेको बताइन्छ ।

क्वारेन्टाइनमा बसेकै बेला त्यहाँ रहेका सबैको ¥यापिड टेष्ट गरिएको लम्की चुहा नगरपालिकाले जनाएको छ । क्वारेन्टाइनमा रहेका सबैको ¥यापिड टेष्ट नेगेटिभ आएपनि स्वाबको नमूना परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा पठाउँदा पोजेटिभ आएपछि ती महिलालाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ । हालको उनको अवस्गा सामान्य रहेको अस्पतालका चिकित्सक डा जगदीश जोशीले बताएका छन्।

क्वारेन्टाइनमा बसेकाको ¥यापिड टेष्ट नेगेटिभ आएपछि उनीहरुलाई पिसिआरको रिपोर्ट नआउँदै चैत्र २९ गते घर पठाइएको नगरपालिकाले जनाएको छ । बाँकी १६ जनालाई समेत पुनः लम्की बहुमुखी क्याम्पसकै क्वारेन्टाइनमा राखिएको छ । ती महिलासँग सम्पर्क भएकाहरुको खोजी भइरहेकोे लक्मीचुहा नपाको वडा नं। १ का वडाअध्यक्ष जनक बमले बताए । रासस



प्रतिक्रिया दिनुहोस्