Logo

आज २०७७ बैशाख २ गते मंगलबारको राशिफल



काठमाडौं, २ बैशाख । आज श्री शाके १९४१ बि।स।२०७७ साल बैशाख २ गते मंगलबार इश्वी सन २०२० अप्रिल १४ तारीख बैशाख कृष्णपक्ष सप्तमी तिथी पूर्वाषाढा नक्षत्र शिव योग भद्रा करण चन्द्रमा धनु राशिमा आनन्दादि योगमा मित्र योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण वसन्त ऋतु भक्तपुरमा महाकाली,महालक्ष्मी यात्रा मध्यपुर थिमीमा बालकुमारी यात्रा टोखामा चण्डेश्वरी मूलरथयात्रा मिथिलामा जुड शिलत पर्व (ज्यो.प. सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनोरञ्जनमुलक यात्राको सम्भाबना रहेकोछ । कार्य कुशलतालको क्षेत्रबाट मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । भौतिक सुख साधन प्राप्त हुने योग रहेकोछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । भोगबिलासीताका साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । वाणीमा मधुरता छाउनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) कार्य क्षेत्रमा लगाईएको कर्मको प्रतिफल प्राप्तिको निम्ति सामान्य प्रतिक्षा गर्नुपर्ने छ । मनोबिलासिताका सामान खरिद योग रहेको छ । दाम्पत्य सम्बन्धबीच सामान्य मनमुटाब रहला । बाणी तथा स्वास्थ्यको क्षेत्रमा ध्यान दिएको बेश हूनेछ । दाजुभाई तथा इष्टमित्रबीच सम्बन्ध सुधार रहनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) खुशिको खबरको श्रवणले मन प्रशन्न रहला । स्थानान्तरणको योग रहको छ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । व्यापार तथा व्यवसायका निम्ति समय उत्तम रहेको छ । नजिकका ब्यक्तिबाट बिश्वासघात हुन सक्छ । शारिरिक आलस्यताका कारण कार्य सम्पादनमा सामान्य ढिलाईको योग रहकोछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) समयको सदुपयोग गर्न नसक्नाले मित्रजनहरु बिच पछि परीने योग रहेकोछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ । खर्च नियन्त्रण गर्न गाहो पर्न सक्ला । आफन्तजनहरु टाढिन सक्छन । मान्यजनको साथ र सहयोगबाट बिग्रन लागेको काम बन्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लगनसिलता अनुरुप फल प्राप्ती नहुनाले मनमा खिन्नता बोध हुनेछ । सहि निर्णय गर्न नसक्नाले सामान्य अप्जस सहनु पर्ला । मानसिक चन्चताले बिद्या असफल रहला । मित्र जनको सहयोग बाट मन प्रशन्न रहला । नयाँ कामको थालनी हुन सक्छ । बोलीको कारण साथिभाई टाढिन सक्छन ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) पारिवारिक सुख प्राप्त रहनेछ । मेहनतको राम्रो फल प्राप्त हुनेछ । खानपानमा बिशेष ध्यान दिनुहोला । ब्यापार ब्यबसायमा राम्रो समय रहेको छ । भोगबिलासीताका क्षेत्रमा मन जानेछ । हतासमा गरिएका निर्णयले असफल बनाउन सक्नेछ । नयाँ कामको थालनी गर्न राम्रो समय रहेको छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) समयको सदुपयोग गर्न नसक्नाले मित्रजनहरुबीच पछि परिने योग रहेकोछ । कामको क्षेत्रमा सामान्य ढिलाई रहन सक्छ । यात्रामा सामान्य झन्जट आउन सक्छ । बल तथा पराक्रम बृद्धि हुने छ । आम्दानी क्षेत्र उत्तम रहने योग रहेको छ । मान्यजनको साथ छुट्नाले सामान्य चिन्ता सहनुपर्ला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) दाजुभाई बिच मनमुटाब रहन सक्ला । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनुपर्ला । भोगबिलासमा समय ब्यतित हुनेछ । कार्य सम्पादनमा गोप्यताको आवश्यक रहनेछ । मालसामान हराउन सक्ला । मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) मान्यजनको साथ सहयोग प्राप्त होला । दाम्पत्य जिवन सुखमय बित्नेछ । बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । कार्यक्षेत्रमा लगाईएको लगन शिलताको कदर हुनाले सामान्य मान सम्मान प्राप्तीको योग रहेकोछ । ब्यापार ब्यबसायमा राम्रो समय रहेको छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) अनावश्यक क्षेत्रमा सन्चित रकम खर्चको योग रहेको छ । मालसामान हराउन सक्ला । नयाँ कामको थालनि नगरे कै बेश होला । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका स्रोत साधनको प्रयोगका क्षेत्रमा समय व्यतित रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) आम्दानी क्षेत्रमा बृद्धि हुने योग रहेको छ । गरिरहेको काममा त्यति मन नलाग्नाने सामान्य अप्जस आईपर्ने छ । ब्यापार ब्यबसायमा राम्रो समय रहेको छ । अध्यन अध्यापनका क्षेत्रमा प्रयोग गरीएको समयले साथ दिनेछ । कुरा काट्नेहरुको बृद्धि हुनेछ । प्रेमी प्रेमीकाबीच मनमुटाब रहन सक्छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) बिद्या प्राप्ति को योग रहेको छ । पारिवारिक झमेलाले सताउनेछ । सही समयमा सहि निर्णय गर्न सकिने छ । सामान्य बादबिवादमा फस्न सकिनेछ । सामाजिक कार्यका क्षेत्रमा हाल नहालेकै बेश रहनेछ । नयाँ कार्य क्षेत्रको लागी लगानी गर्ने समय रहेको छ । मित्रजनको सहयोग प्राप्त हुनेछ ।



प्रतिक्रिया दिनुहोस्