Logo

लकडाउन वैशाख १५ सम्म लम्बियो



काठमाडौं, २ वैशाख । सरकारले लकडाउन वैशाख १५ गतेसम्मका लागि लम्ब्याएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन १५ वैशाखसम्म लम्ब्याउने निर्णय गरेको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले १५ वैशाखसम्मका लागि लकडाउन गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी दुई चरण गरी ३ वैशाखसम्म लकडाउन अवधि लम्ब्याइएकोमा आज फेरि तेस्रो चरणको घोषणा भएको हो । सरकारले लकडाउन अझै कडा गर्नुका साथै सीमा क्षेत्रमा समेत कडाई गर्ने निर्णय गरेको बुझिएको छ ।

पछिल्लो समय भारतबाट लकडाउनकै समयमा नेपाल छिरेकाहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि सरकार गम्भीर भएको हो । छिमेकी राष्ट्र भारतमा २१ वैशाखसम्मका लागि लकडाउन लम्ब्याइएको छ । आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसको घोषणा गरेका हुन् ।

कोरोना रोकथामका लागि नेपाल र भारत सहकार्य गरी अगाडि बढ्ने सहमति भए अनुसार लकडाउनलगायतका रणनीतिहरु दुई देशको समन्वयमा हुनथालेको छ । भारतमा कोरोना संक्रमण फैलिइरहेको र नेपालमा पनि थप संक्रमित भेटिएको अवस्थामा लकडाउन अझ कडा बनाइएको हो ।

Photo Source: PM Private Secreteriate



प्रतिक्रिया दिनुहोस्