Logo

हामीलाई किन चाहियो अर्को संयन्त्र ?



छत्र थापा : स्थानिय प्रदेश र केन्द्र सरकार छ । सेना प्रहरी कर्मचारी छन् । विशाल नेकपा छ। नेकपाका भातृ संगठनहरु प्रत्येक वडादेखि केन्द्रसम्म छन् । संघ सस्थाहरु छन । समाचार माध्यमहरु छन चिकित्सकहरु छन । जसले समाज र राष्ट्र विपत परेको समयमा अहोरात्र खटेर सर्वपक्षले सरकार र जनताहरुको राहत तथा उपचारमा लागिरहेका छन् । यीमध्ये केही सरकार समाज र नेकपाविरुद्ध चलेका पनि छन् । कालोबजारी गरेका पनि छन् । त्यो त उनीहरुको पेशा नै हो । यो हामी सम्पुर्णलाई सर्व्विदित नै छ । केन्द्र सरकारले आवश्यक सुचना सहयोग राहत उद्दार दिईरहेको छ । आजसम्म कोरोनाको स्थिति लाई अन्य देशको हिसावमा शून्यनै छ । तर, यस्तै सावधानी अपनाईरहेको पनि छ। यहाँ केवल जनसंख्यामात्र ठूलो बनाएर नियन्त्रण हुनेपनि होईन । र, प्रभावकारी योजनाहरु बनाउने हो । बनिरहेका पनि छन र समाधान हुँदै पनि छन् । यदि सर्वदलीय संयन्त्र बनाउँदा नेपाली जनतालगायत अन्तराष्ट्रिय समुदायमा पनि नेकपा र सरकार असफल भएको र कमजोर भएको मेसेज जान्छ । जुन नेपालका हरेक राजनितिक दलहरु सरकार र जन्ताहरुका लागि नै उपयुक्त लाग्दैन्। उदाहरणस्वरुप हामील एउटा रंगशाला बनाउनु छ भने हामीले चाहिने जनशक्ति र उपकरणहरु जुटाएर समय अनुकुल कार्य गर्दै जान पर्ने हुन्छ । १, २ वर्षमा सिध्याउने योजना हुन्छ । तर, अनावश्यक जनशक्ति र उपकरणहरु मात्र निर्माणाधिन स्थलमा खडा गरेर एक दिन वा महिनामा त पूरा गर्छु भनेर पनि त संभव छैन र हँुदैन ।

जसले गर्दा हामीले लाखौं जनाको संयन्त्र बनाएर जादा आवश्यक सहयोगभन्दा अनावश्यक विवाद खडा हुन्छ । जसले चाहेको कार्यपनि समयमा सफल हँुदैन् । अर्को पक्ष यस विपत समयलाई मध्येनजर गर्दै साधरण जनताहरुदेखि प्रम राष्ट्रपतिसम्म सहयोग भईरहेको छ । र, आवश्यक समयसम्म हुनेपनि छ । जसलाई राज्यले काममा लगाएको पनि होईन । र, राज्यकोषदेखि उनीहरुको पारिश्रामिक दिने कुरा पनि एन । सहयोगी हातहरुले आफ्नै पाकेटदेखि सहयोग गरेका छन् भने राज्यदेखि पारिश्रामिक लिने कुरै भएन । तर, यदि सरकारले संयन्त्र बनाउँछ भने त अवश्य पनि पारिश्रामिक दिनपर्ने हुन्छ । जुन कोरोना कोषमा सहयोग गर्न सकिन्छ र सहयोग गर्न सहज पनि हुन्छ । प्रत्येक वाडदेखि प्रदेश र केन्द्रसम्म विशाल नेकपाका कार्यकर्ता शुचिन्तक समर्थक र नेताहरुले छाएको छ । जसमा सरकार र नेकपा केन्द्रीय कमिटीले हामीलाई जिम्मेवारी दिओस भन्नाले हामी सडकमा हिँड्न पाउने अनुमति दियोस । हरेक आ आफ्ना वाड हामी सहयोग गर्न सकिन्छ । राजधानि अर्थात केन्द्रदेखि नै धाउनपर्ने आवश्यक छैन । र नया संयन्त्र वनाउन पनि भनने मेरो विचार हो। सहयोगी हातहरुले संयन्त्र वा सरकारबाहिर हुँदापनि अमुल्य सहयोग भएको हामी संपुर्णमा सर्वविदित छ भने मौकाको फाईदा उठाउने धनागढ्य सुलभ अग्रवालजस्ता पनि संयन्त्रमा राखेर काम छैन । यो मेरो व्यक्तिगत विचार हो । कसैको समर्थन र विरोध होईन । तर, मेरो अनुभवमा एकै परिवारका सदस्यहरु संपुर्ण कार्यकारी निर्देशक बन्ने हो भने उक्त परिवार सफल हुदैन । यो सत्य हो । वर्तमान संयन्त्रलाई अझै प्रभावकारी बनाउ । अर्कोतिर न लागौ किनकि समय र राज्यको ढुकुटीमा असर पर्छ । सरकारले नयाँ संयन्त्र बनाउँदा परिचालन गर्ने जनशक्ति लाई पारिश्रमिक त दिनै पर्छ त्यहि दिने पारिश्रमिक राहात कोषमा राखेर वितरण गरौ जस्ले राहात दिने र पाउने लाई अझै सहयोग होस ।

हरेक राजनितिक दलहरु लाई अनुरोधछ यो समय वादविवाद र अनावश्यक राजनिति गर्ने समय होईन सेवा गर्ने समयहो र यदि जन्ताहरुको इटलि स्पेन अमेरिका भारतको अवश्था भयमा तपाईंहरु लाई भोटिङ गर्ने जन्ताहरु रहने छैनन अनि कसरी कस माथि गर्ने राजनिति ?
भारतीय नाका बन्दीलगायत विभिन्न दैविक प्रकोपको सामना गर्दै आयको नेपाल सरकार अहिलेपनि कोरोनाको समाधान गर्न सफल छ हुनेछ । केवल हामीले लकडाउन पालना गरि सहयोग गरौ । विवादित मुद्दाहरु अहिले प्रयोग नगरौं । केही कमिकमजोरिहरु भएमा सकारात्मक तरिकाले हल गरौं । जटिल भएमा कोरोना संक्रमण खतम हुनासात ती मुद्दाहरुका फाईल खोलौं । तर अहिले सरकारलाई अल्झाउने कामहरु नगरौं । सरकारका गलत कार्यहरु भेटिएमा भागिदारी हुनैपर्छ । तर, प्रमाणित गर्न सक्नपर्छ । आरोप लगाएरमात्र हुदैन् । आम जनमानस र कानुनलाई प्रमाणित गराउन सक्नुपर्छ । हाम्रो साथ मिल्ने छ।

मलाई चिन्ता लाग्छ हाम्रो देश नेपालमा एउटा चुनाव गराउन २० वर्ष लगाएर संविधानसभा तुहाए यिनै दलहरुले । अनि फेरि अन्य कुनै जिम्मेवारी दिने हो भने कोरोना उपचार गर्न पनि २० देखि ३० वर्र्ष त लगाउछन नै चिन्ता यही हो । किनकि अहिले सरकार एउटा छ जिम्मेवार पनि छ । दलीय संयन्त्र बनाउँदा एकले अर्कोलाई आरोपप्रत्यारोप लगाउँदै संविधानसभा तुहाएजस्तै तुहाउँछन । चुनाव गराउन २० वर्ष लगाएजस्तै हुन्छ । कोरोनाको उपचार जजनताहरुले पाउदैनन । जसले गर्दा यही सरकारले संचालन गरेको संयन्त्र उचित छ । र, सरकारले पनि कसैलाई दोष लगाएर उम्कने माध्यम पनि हुदैन। धन्यवाद संपुर्णमा !



प्रतिक्रिया दिनुहोस्