Logo

भगवान श्रीरामको जन्मको उद्देश्य



दशरथ वाल्मीकी रामायणको अनुसार अयोध्याका रघुवंशी (सुर्यवंशी) राजा थिए । उनी इक्ष्वाकु कुलका थिए तथा प्रभु श्रीराम जो विष्णुका अवतारको पिता थिए । दशरथको चरित्र एक आदर्श महाराजा, छोरालाई माया गर्ने पिता र आफ्नो वचन प्रति पुर्ण रुपमा सर्मपित व्यक्तिको रुपमा थिए । उनकी तीन रानीहरु थिए । कौशल्या, सुमित्रा तथा कैकेयी । अंगदेशको राजा चित्ररथको दत्तक पुत्री शान्ता महर्षि ऋष्यश्रृंगको पत्नी थिइन् । एक प्रसगंको अनसुार शान्ता दरशथ की छोरी थिइन् र रोम प्रसादको गोदमा गएकी हुन् भनिएको छ ।

दशरथको आधा उमेरसम्म उनको वंश धान्ने कोही जन्मेको थिएन् । उनले पुत्रको कामनाको लागि अश्रमेध यज्ञ तथा पुत्रकामेष्टि यज्ञ गराउने विचार गरे । उनलाई एक मन्त्री सुमन्नले सल्लाह दिए । दशरथको कुल गुरु ब्रहर्षि वशिष्ठ थिए । गुरु वशिष्ठको आज्ञा लिएर दशरथ श्रृंगि ऋषिको यज्ञको अध्यक्ष्यता गर्न आमन्त्रित गरे । श्रृंगि ऋषिले दुईटा यज्ञ राम्रो सँग गराएर पुत्रकामेष्टि क्रममा एक अलौकिक यज्ञ पुरुष या प्रजापत्य पुरुष उत्पन्न भए तथा दशरथको स्वर्ण पात्रमा नैवेद्यको प्रसाद प्रदान गरी उक्त प्रसाद सबै पत्निहरुलाई खुलाए । दशरथले प्रसन्न भएर उक्त प्रसाद आफ्नी पटरानी कौशल्यालाई आधा भाग खुलाए,बचेको भागको आधा आधा भाग माहिली रानी सुमित्रा र कान्छी कैकेयीलाई दिए ।

सुमित्राले कैकेयीले प्रसाद खाएपछि मात्र प्रसाद ग्रहण गरेकी थिइन् । माहिली रानी सुमित्राले भन्दा कान्छी कैकेयीले पहिला खाएको हुनाले सुमित्राको छोरा लक्ष्मण र शत्रुघ्न पछि जन्मिएका थिए । यसैले कौशल्याले राम, कैकेयीले भरत, सुमित्राले लक्ष्मण र शत्रुघ्नको जन्म दिएका थिए । (धार्मिक ग्रन्थको सहयोगमा)



प्रतिक्रिया दिनुहोस्