पिँडुलामा दुखाइ हुनु एक सामान्य समस्या हो जसले चल्न, दौडन वा कुद्न आदीमा समस्या हुन्छ र यस क्रममा धेरै दुखाइ महसुस हुन्छ । यसमा दुख्ने कारण फरक फरक हुन सक्छन् । कहिलेकाँहि टाँग धेरै फट्टाउनाले सामान्य स्थिीतीमा पनि पिँडुलामा दुख्न थाल्छ । खानामा केहि परिर्वतन हुने कारणले पिँडलामा ऐठन पर्न थाल्छ । टाँगको तलको भागमा चोट लागेमा पनि पिँडुला दुख्छ । चोटका कारण मांसपेशी क्षतिग्रस्त हुन्छ वा उक्त स्थानमा सुन्निन थाल्छ ।
लक्षण
- पिँडुला वरपर दुखाइ वा कमजोरी महसुस हुनु
- पिँडुलाको वरपर सुन्निनु
- उठ्दा, हिड्दा वा सिढी चढ्दा पिँडौलामा कमजोरी महसुस हुनु
- हिडेको समयमा लकलकाउनु
- दैनिक गर्ने कार्यमा मन नलाग्नु (उठेर गर्नुपर्ने काममा)
- टाँग फट्टाएर कुद्ने कामका अक्षम महसुस गर्ने