Logo

आरडीटी र पीसीआरको रिपोर्ट किन मेल खाँदैन ?



वैशाख २, काठमाण्डौ । सरकारले देशका विभिन्न ठाउँहरुमा कोरोना संक्रमणका आशंकामा ¥यापिट टेष्ट गर्न थालिको लामै समय भयो । तर कतिपयको ¥यापिट टेष्टमा रिपोट नेगेटिभ आएका व्यक्तिहरुलाई पनि पिसीआर टेष्ट गर्दा कोरोना संक्रमीत भएको पनि पाइएको छ । जसले गर्दा ¥यापिट टेष्ट नै अन्तिम र विश्वासीलो माध्यम नभएको पुष्टि भएको छ ।

दुई साता अघिसम्म नेपालमा पीसीआर विधीबाट मात्र नमुना परीक्षण गरिन्थ्यो । जसको कारण नमुना परीक्षण थोरै हुने, झण्झटिलो हुने र खर्चिलो पनि थियो ।

नमुना परीक्षणको दायरा नबढाएकाले नेपालमा कोरोना संक्रमितहरु नभेटिएको आशंकापछि सरकारले ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) बाट कोरोना परीक्षण गर्ने निर्णय र्गयो । तर, आरडीटी टेस्टको सुरुवाती नतिजाले धेरैलाई थप त्रसित र अन्योलमा पारेको छ । आरडीटी टेस्टमा नेगेटिभ आएकाको पिसिआर विधिमा पोजेपटिभ र आडीटीमा पोजेतिभ भएकाको पिसिआरमा नेगेटिभ पनि देखिएको छ ।

गत आइतबार बाग्लुङकी ६५ वर्षीया महिलामा आरडीटी टेस्ट गर्दा पोजेटिभ नतिजा आयो । आरडीटीमा पोजेटिभ आएपछि पीसीआरबाट पुन परीक्षणको लागि उनको नमुना पोखरा पठाइयो । पोखरास्थित प्रयोगशालामा परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आयो ।

त्यसैगरि कैलालीमा संक्रमण कोरोना पुष्टी भएकी अर्की ६५ वर्षीया महिलाको आरडीटी टेस्ट गर्दा नेगेटिभ देखियो। तर, पीसीआरबाट जाँच गर्दा उनलाई कोरोना संक्रमण पुष्टी भयो ।

सोमबार काठमाडौं सनसिटी अपार्टमेण्ट ३ जनाको ¥यापिट टेष्ट गर्दा तिनै जनाको पोजेटिभ देखिएको थियो । तर अन्तिममा २ जनालाई मात्रै कोरोना संक्रमित पुष्टीभएको थियो । त्यसैले पनि ¥यापिट टेष्ट नै शतप्रशित रिपोर्ट हो भन्न नसकिने अवस्था छ । जसले गर्दा ¥यापिट टेष्टनै अन्तिम र विश्वासिलो मान्न नसकिने चिरायु अस्पतालका नाक कान घाँटी रोग विशेषज्ञ डा. विवी सिंह बताउँछन् ।

नेपालमा मंगलबारसम्म ६ हजार २ सय ९९ जनाको ¥याटि टेष्ट भइसकेको छ । त्यसमध्ये ६ हजार २ सय ८३ जनालाई संक्रमण देखिएको छैन । ९९ जना आइसोलेशन रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राखेको तथ्याङ्मा उल्लेख छ ।

नेपालमा अझै कोरोना संक्रमणका विरामीहरु बढ्न सक्ने देखिएको छ । एक त नेपालमा कोरोना परिक्षणको लागि पर्याप्त स्वास्थ्य सामाग्री तथा उपकरणहरु नहुनु र अर्को कुरा प्रर्याप्त चिकित्सकहरु नहुनुले पनि नेपालमा यतिका लामो समयसम्म पनि धेरैको स्वस्थ्य परिक्षण गर्न नसकिएको हो ।

स्वास्थ्य समाग्री तत्काल खरिद गरेर भोली आइपर्ने समस्य समाधान गर्न ढिला गर्नुनहुने डा.बिबी सिंह बताउँछन् । र्‍यापिड टेस्ट महामारी फैलिएको अवस्थामा गरिन्छ । अर्थात्, धेरै भन्दा धेरै मानिस संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको बेला र्‍यापिड टेस्टलाई नै मान्यता दिइन्छ । किनकी त्यस्तो अवस्थामा पीसीआर गर्न महंगो, ढिलो र झण्झटिलो हुन्छ ।



प्रतिक्रिया दिनुहोस्