Logo

अर्थमन्त्री खतिवडा ११ चैत्रको साँझ ४२ मिनेट सनसिटीमा बसेको खुलासा (भिडियोसहित)



काठमाडौं, ३ चैत्र । कोरोना भाइरसका दुईजना संक्रमित भेटिएको सनसिटी अर्पाटमेन्टमा ११ चैत्रमा अर्थमन्त्री डा. युवराज खतिवडा पुगेको खुलेको छ । उनी पुगेको रेकर्ड सनसिटीको लोकेन्द्र केसीले राखेका थिए ।

अर्थमन्त्री खतिवडा ११ चैत्रको साँझ ५ः१३ मा प्रवेश भएको र ५ः५५ मा निस्केका थिए । उनको बा २ झ ३७३३ नम्बरको झण्डावाला गाडी थियो भन्ने पुष्टि भएको छ । तर, अर्थमन्त्रीले प्रेय संयोजकमार्फत् आफू नगएको दाबी गर्दै आएका छन् । अर्पान्टमेन्टको कमिटिका सदस्य पुष्कर रेग्मीले मन्त्री खतिवडा त्यहाँ ११ चैत्रमा पुगेको पुष्टि गरेका थिए । ८ चैत्रमा त्यहाँ कमिटिको चुनाव भएको थियो । उनले भने, ‘चुनाव भएको दिन उहाँ आउनुभएको थिएन ।’ उनले थपे, ‘११ चैत्रमा उहाँ आउनुभएको हो ।’ अर्थमन्त्री खतिवडाको दुई देखि तीनसम्मको अर्पाटमेन्ट रहेको जानकारी दिए ।

कोरोना भाइरसको संक्रमित भेटिएका अर्पान्टमेन्टमा अर्थमन्त्री खतिवडा पुगेपछि पनि उनी मन्त्रिपरिषद बैठकमा नियमित सहभागी हुँदै आएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत भेटेका छन् । मन्त्री क्वार्टर पुलचोकमा खतिवडा बस्छन् । मन्त्री खतिवडा छोरा तिलक खतिवडा र परिवारलाई भेट्न पुगेका थिए । केसीले खतिवडा छोरा भेट्न आएको सत्य हो भने । खतिवडाले पनि टेष्ट गराउनुपर्ने जरुरी भएको बताए ।

कोरोना भाइरस संक्रमित भेटिएपछि सनसिटी अहिले शिल्ड गरिएको छ । उक्त क्षेत्रमा सम्पर्कमा पुगेकाहरुको खोजी भइरहेको छ । खोजीका क्रममा मन्त्री खतिवडा पुगेको रेकर्ड भेटिएपछि उनी ढाँट्दै आएका छन् । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले टेष्टको दायरा बढाइरहेको छ । सम्पर्कमा पुगेकाहरुको पनि टेष्ट र क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्