Logo

गरुड पुराणको एउटा कुरामा ध्यान दिए सौभाग्य चम्किने



गरुड पुराणमा स्वर्ग, नर्क, पाप, पुण्यको साथसाथै धेरै कुरा छन् । उसमा ज्ञान, विज्ञान, निति, नियम र धर्मको कुरा छन् । गरुड पुराणमा एक र जहाँ मृत्युको रहस्य हुन्छ त्यहाँ अर्को र जीवनको रहस्य लुकेको हुन्छ ।

गरुड पुराणको हजारौ कुरामा एक कुरा यो पनि हो यदि तपाइँ धनी, धनवान वा सौभाग्यशाली बन्न चाहेमा यो आवश्यक छ कि तपाइँ सफा–सुघ्घर, सुन्दर र सुगन्धित कपडा लगाउनु पर्छ । गरुड पुराणको अनुसार जसले गन्ध आएको वस्त्र लगाउछ उसको सौभाग्य नष्ट हुने भनिएको छ ।

जुन घरमा यस्तो वस्त्र लगाउछन् उक्त घरमा कहिल्यै पनि लक्ष्मीको वास हुँदैन । जसको कारण उक्त घरमा सौभाग्य गई दरिद्रताको निवास हुन्छ ।

जसको घरमा धेरै धन सम्पत्ति र सुख सुविधा सम्पन्न छ तर गन्ध आएको कपडा लगाउछन् त्यस्तो घरमा विस्तारै विस्तारै धन सम्पत्ति नष्ट हुँदै जाने बताइएको छ । यसकारण हामीले सफा एंव सुगन्धित कपडा लगाऔ, जसमा हामी माथी महालक्ष्मीको कृपा बनीरहोस् ।



प्रतिक्रिया दिनुहोस्