Logo

रामले किन लिए सीताको अग्नि परिक्षा



लामो समयसम्म रावणको कैदमा बसेर रावणको हत्या पछि श्रीरामले सीतालाई मुक्त गराए, तर उनले आफ्नो पवित्रता साबित गर्नका लागि अग्नि परिक्षाबाट गुज्रनु परेको थियो । श्रीरामले आफ्नो साथमा सीतालाई लिएर अयोध्यामा फर्किए, समाजमा उनको पवित्रतालाई लिएर निकै चर्चा परिचर्चा हुन लाग्यो । मानिसहरुलाई विश्वास नै लागेन माता सीता पहिले झै पवित्र र सती छैनन् ।

यसै कुरा पृष्टि गर्नका लागि अयोध्यामा रानीको रुपमा स्वीकार गर्नु भन्दा पहिला अग्नि परिक्षा दिएर आफ्नो पवित्रता सिद्ध गर्न भनियो । त्यसपछि आफ्नो प्रजाको मान राख्नलाई खुद भगवान श्रीरामले सीताको अग्नि परिक्षा लिए । यसपछि धोबीले फेरीले भने, सीतालाई अयोध्याको रानी बनाउन सही हुँदैन किनकी उनी धेरै समयसम्म रावणको लंकामा बसेर आइन् ।

श्रीराम प्रजाको चाहाना अनुसार सीताको अग्नि परिक्षा लिन चाहेका थिए । एक राजाले प्रजाको कुरामा ध्यान राख्नु पर्ने हुनाले यो फैसला लिनु परेको थियो । माता सीताको चरित्रमाथी औंला उठाउने प्रजालाई जवाफ दिन श्रीरामले सीताको अग्नि परिक्षा लिएका थिए । उक्त परिक्षाबाट सीता वफादार पवित्र साबित भएकी थिइन् ।

धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्