Logo

बारीमै कुहिँन थाल्यो तरकारी



भोजपुर, बैशाख ४ । भोजपुर नगरपालिका–५, बोखिम दाम्सिङकी पशुपती राई हरेक साता तरकारी लिएर भोजपुर हटिया धाउँछिन्। लकडाउृन कारण हटिया बन्द भएपछि उनलाई बारीमा फलेको तरकारी कहाँ बिक्री गर्ने भन्ने पिरले सताएको छ। बिक्री गर्न नपाउँदा बारीमै तरकारी कुहिँन थालेको छ। तरकारी नबिकेपछि घरखर्च कसरी टार्ने भन्ने चिन्ताले सताएको उनी बताउँछिन्।

‘जताततै बजार बन्द छ, बेच्ने अरु ठाउँ पनि छैन, बारीका तरकारी वस्तुभाउलाई खुवाउने खोले भएको छ’ उनले भनिन्, ‘ तरकारीले साँझ–बिहानको छाक टथ्र्यो तर हटिया नै नलागेपछि तरकारी त्यसै कुहाएर फ्याँक्नु परेको छ।’ लकडाउनका कारण उत्पादित तरकारी बारीमै कुहिन थालेको उनको भनाइ छ। ढुवानी गर्ने साधन र हाटबजार बन्द भएपछि व्यवसायिक तरकारी खेती गर्ने किसान मारमा परेका हुन्।

उत्पादित वस्तुलाई बजारसम्म पुर्‍याउने माध्यम नहुँदा किसानलाई घरखर्च टार्ने समस्या भएको छ। लकडाउनले बजार बन्द भएपछि काउली, बन्दा, आलु, साग, टमाटरलगायतका तरकारी बारीमै कुहिन थालेको स्थानीय किसान गणेश राईले सुनाए। उनले लकडाउन सुरु भएपछि व्यवसायिक कृषिमा लागेका कृषकको घरखर्च धान्न समस्या भएको बताएको अन्नपूर्ण पोष्ट् दैनिकले खवर छापेको छ ।



प्रतिक्रिया दिनुहोस्