काठमाडौं, ४ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले लगाएको लकडाउन सफल पार्नको लागि आफ्नो पार्टीले हरसम्भव सहयोग र समर्थन गरेको स्पष्ट पारेका छन् । बुधबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले बन्दाबन्दीलाई अलिक व्यवस्थित् गर्नतर्फ पनि सरकारले सोच्नुपर्ने सुझाव दिए ।