Logo

राहुल गान्धीले भने- लकडाउनले कोरोना भाइरस परास्त हुँदैन



एजेन्सी, ४ वैशाख । भारतको कँग्रेस आईका नेता राहुल गान्धीले लकडाउनले कोरोना भाइरस परास्त नहुने टिप्पणी गरेका छन् । उनले आज भिडियो पत्रकार सम्मेलनमा लकाउनले कोभिड १९ को समस्या समाधानमा सहयोग नपुग्ने टिपप्णी गरेका हुन् ।

लकडाउनलाई बटन दबाएर रोकेको जस्तै मात्र भएको भन्दै सरकारले बढीभन्दा बढी टेष्ट गरी विकेन्द्रित रणनीतिका साथ बढ्नुपर्ने बताए । उनले कोरोना भाइरसविरुद्ध भने सिंगो भारत एक हुनुपर्नेमा जोड दिए ।

गान्धीले आफू प्रधानमन्त्री नरेन्द्र मोदीसँग असन्तुष्ट रहेपनि यो समय झगडा गर्ने नभएको स्पष्ट पारे । उनले कोरोना भाइरसविरुद्धको लडाईंमा एकतामा जोड दिए । उनले भने, ‘एक भएर लडेमा भारत अगाडि बढ्छ, यदि हामी लड्यौं भने हामी हार्छौं ।’

भारतमा लकडाउन २१ दिन पूरा भई दोस्रो चरणको १९ दिने लकडाउन शुरु भएको दोस्रो दिन गान्धीको भनाई सार्वजनिक भएको हो ।-File Photo: Agency 



प्रतिक्रिया दिनुहोस्