एक युवा एक प्रसिद्ध साधु आश्रममा गए र भने, महाराज मलाई थोरै समयमा सबैभन्दा धेरै सफलता हासिल गर्न सकुँ । म तलबाट काम शुरु नगरी सिधै लक्ष्यमा पुग्न सकुँ । त्यो सुनेर साधुले भने, ठिक छ तिमीलाई उपाय बताइदिन्छु, तर पहिले मेरो एक काम गर्नुपर्छ । मेरो यो बगैचाबाट सबैभन्दा सुन्दर फुल टिपेर ल्याउनु, तर ध्यान राख्नु एक पटक अगाडी बढेर गएपछि पछाडी फर्केर फुल टिप्न पाउदैनौ ।”
ती युवाले भने, हुन्छ महाराज, यो त सानो काम हो । म अहिले एक सुन्दर फुल टिपेर लिएर आउछु, । युवा बगैचामा गए, उसलाई पहिलो फुल नै राम्रो लाग्यो, तर उसले सोच्यो अगाडी झन् राम्रो फुल फुलेको होला । उ अगाडी बढ्यो झन् झन राम्रा राम्रा फुल देख्न थाल्यो । तर उ झन् राम्रो फुल हेर्नको लागि अगाडी बढ्यो ।
जब ऊ बगैचाको अन्तिम स्थानमा पुग्यो तब उहाँ ओइलिएको फुल देखे र साधुसंग खाली हात फर्किएर भने, महाराज बगैचामा राम्रा राम्रा फुल थिए, तर म सबैभन्दा राम्रो फुलको चाहानामा अगाडी बढीरहे । अन्तिम स्थानमा त सबै फुल ओइलिएका थिए । यसैकारण म खाली हात फर्के ।
साधुले युवालाई सम्झाए हाम्रो जीवनमा पनि यस्तै हुन्छ । यसैले प्रारम्भबाट काम गर्र्नुपर्छ । जस्तो अवसर आउछ उसको उपयोग गर्दै अगाडी बढ्नुपर्छ । धेरै राम्रो अवसरको चक्करमा हातमा आएको अवसरलाई छोड्न हुँदैन । नत्रभने खाली हात फिर्ता आउनु पर्छ ।