Logo

अमेरिकामा लकडाउन खोल्न ट्रम्पले जारी गरे निर्देशिका



एजेन्सी, ५ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको रोकथामका लागि कतिपय राज्यहरुमा भइरहेको लकडाउन र निषेध खुलाउन नयाँ निर्देशिका जारी गरेका छन् । अमेरिका सधै खुल्ने देश भएको बताएका उनले बिहिबार नयाँ निर्देशिका सार्वजनिक गरेका हुन् ।

उनको नयाँ निर्देशिका अमेरिकाको आर्थिक गतिविधिलाई पुनः संचालनमा ल्याउन केन्द्रित छ । राज्यहरुलाई यो अनिवार्य नभएको तर सहयोगी भएको उल्लेख छ । ट्रम्पले नयाँ योजना अनुसार अमेरिकाका केही राज्यहरु आजैबाट खुल्ने जनाइएको छ । त्यसमा राज्यका गभर्नरहरु सहमत भइसकेको ट्रम्पले जनाएका छन् ।

सामाजिक दुरी कायम गरी रेष्टुरेन्टहरु पनि खोल्न पाउने निर्देशिकामा उल्लेख छ । निर्देशिकामा लकडाउन खोल्नुपर्ने अनिवार्य भने नबनाइएको सीएनएनले जनाएको छ ।

ट्रम्प अमेरिकामा कोरोना भाइरसको संक्रमण उच्च बिन्दुमा पुगेको र घट्दै गएको भन्दै लकडाउन अन्त गर्न चाहिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्