Logo

भाटभटेनीको उपत्यकाभित्रका छ स्टोर खुल्ला, कहाँ कहाँ खुल्यो



काठमाडौं, ५ वैशाख । भाटभटेनी सुपरमार्केटले आजबाट काठमाण्डौ उपत्यकाका ६ स्टोर खुला गरेको छ । लकडाउनको कारणले बन्द रहेका स्टोरहरु शुक्रबारबाट खुल्ने निर्णय गरेको थियो । भाटभटेनी सुपरमार्केटले उपत्यकामा छ वटा स्टोरहरु सामाजिक दुरी कायम गराएर व्यवस्थित बनाई खुलाएको हो ।

सुपरमार्केटका अनसार उपत्यकाबाहिर ७ वटा स्टोरहरु खुल्लै छन् । आजबाट उपत्यकाभित्रका ६ वटा स्टोर खुलेका छन् ।

सुपरमार्केटले ग्राहकहरको दैनिक उपभोग्य बस्तुको आवश्यकतालाइ मध्यनजर गर्दै सुपरमार्केट स्तोरहरु खोल्ने निर्णय गरेको हो। शुक्रबार उपत्यकाका कलंकी, महाराजगन्ज, नक्साल, पुरानो भाटभटेनी, भक्तपुर र पुल्चोकको स्टोर खुल्ला छन् ।

लकडाउनका कारण अहिले भाटभटेनीले होम डेलिभरीको सुविधा प्रदान गर्दे आएको थियो। शुक्रबारदेखि भने बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म स्टोर खुल्नेछ। एक पटकमा स्टोरभित्र १० जनालाई मात्रै प्रवेश दिइने छ।-File Photo



प्रतिक्रिया दिनुहोस्