हेमन्त बोहरा, बझाङ । अहिले भारतीय भूमिमा हजारौं नेपाली स्वदेश फर्कने आशामा सीमा नजिकै बसिरहेका छन् । उनीहरु क्वारेन्टाइनमा छन् ।
लकडाउन र सीमानाका बन्दका कारण हजारौं नेपालीहरु भारतीय भूमिको क्वारेन्टाइनमा राखिएका हुन् । महाकाली पारी बझाङ, बाजुरा, बैतदी, दार्चुला, डडेल्धुरालगायत जिल्ला घर भई भारतमा श्रमका लागि गएर फर्किएका नेपालीहरु सीमापारी राखिएका हुन् । उनीहरु जुलाघाट, जौलसीबी, द्धालीसेरा, वरम, धार्चुला, बलुवाकोट आदि नाकाहरुमा बस्दै आएका हुन् ।
सीमापारी बसेकाहरु निकै कष्टसँग बस्दै आएका छन् । गर्मी बढ्दै गएकोले बस्न निकै समस्या भएको उनीहरुले बताएका छन् । जौलजीवी नाकामा १८ दिनदेखि क्वारेनटाइनमा बस्दै आएकाले चाँडै देश फर्कन पाउने आशा गरिरहेका छन् । सरकारमाथि सीमामा रोकिएकालाई प्रवेश गर्न दिन दबाब बढिरहेको छ । सर्वोच्च अदालतले नाकामा भएका नेपालीहरुलाई स्वदेश फर्कन दिई उचित व्यवस्थापनको जोड दिएको छ । तर, सरकारले कुनै कदम चाल्ने संकेत देखाएको छैन ।