Logo

आज २०७७ बैशाख ५ गते शुक्रबारको राशिफल



काठमाडौं, ५ बैशाख । आज श्री शाके १९४१ बि।स।२०७७ साल बैशाख ५ गते शुक्रबार इश्वी सन २०२० अप्रिल १७ तारीख बैशाख कृष्णपक्ष दशमी तिथी धनिष्ठा नक्षत्र शुभ योग वणिज करण चन्द्रमा मकर राशिमा आनन्दादि योगमा धाता योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण वसन्त ऋर्तु (ज्यो.प. सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्य थालनीको योग रहेकोछ । भूमी तथा वाहनसम्बन्धी समस्याले सताउनेछ । सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्ने छ । साथै, सामान्य अपजस खेप्नु पर्ला । पारिवारिक स्वास्थयमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) मालसामान हराउन सक्ने सम्भाबना रहेको छ । अपरिचित ब्यत्तिहरुको बिश्वासमा नपरेकै बेश रहनेछ । मित्रजनहरुको सहयोगमा अधुरा कार्य सम्पादन हुनेछन । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । आँट तथा साहसको कमीले कार्यमा ब्यबधान आउला । तपाईका विपक्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) खानपानका क्षेत्रमा बिशेष सजग रहनु उत्तम रहनेछ । मान्यजनहरुसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य वादविवादको झमेलमा फसिने सम्भाबना रहेकोछ । व्यापार तथा व्यवसाय मध्यम रहला । साझेदारी काममा लगानी नगरैकै बेश हुनेछ । आफन्तजनबीचचको भेटघाटले मन प्रशन्न रहला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । व्यापार तथा व्यवसायका निम्ति उत्तम समय रहेको छ । मानसिक चन्चलताका कारण गरिरहेका कार्यमा सामान्य ढिलाईको सम्भाबना रहेकोछ । आर्थिक क्षेत्र मध्यम रहनेछ । दाजुभाई तथा मित्रजनहरुसँगको सम्बन्ध टाढिन सक्छ । परिवारका कोही सदस्यहरुको स्वास्थ्यमा खराबी आउन सक्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) स्वास्थ्य गडबढीका कारण सामान्य खर्चको सम्भाबना रहेको छ । कार्य क्षेत्रमा अरुको दवावको महसुस हुनेछ । प्रतिपक्षीहरु सवल रहनाले कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । मित्रजनहरुसँगको भेटघाटपश्चात् सामान्य यात्राको योग रहने छ । शत्रु सबल रहनाले कुरा काट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ । सामान्य आर्थिक अभाब झेल्नुपर्ला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) अध्यन अध्यापनका निम्ति अधिक श्रम ब्यतित गर्नुपर्ने समय रहेको छ । बौद्धिक ब्यत्तित्वहरुको साथ र सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेकोछ । नयाँ लगानीमा उत्तम समय रहेको छ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । यात्रा फाईदामूलक हुनसक्ने सम्भाबना रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ ।

तुला राशि ९र, रि, रु, रे, रो, ता, ति, तु, ते० भौतिक श्रोत तथा साधनका प्रयोगमा समय ब्यतित रहला । कार्यक्षेत्रको त्रुटिका कारण आत्मसम्मानमा ठेस पुग्न सक्ने सम्भाबना रहेको छ । व्यापार तथा व्यवसायमा समय मध्यम रहनेछ । मान प्रतिष्ठा प्राप्तिको योग रहेको छ । प्रेम सम्बन्धमा भने सामान्य झन्झट ब्यहोर्नु पर्ला । स्वास्थ सम्बन्धी सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अधिक आत्मबिश्वास तथा घमण्डका कारण मित्रतथा दाजुभाइसँगको सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । अरुको कार्यक्षेत्रमा भएको त्रुटिको अपजस तपाईले खेप्नु पर्नेछ । मान्यजनको सहयोगमा गरिएका कार्यले दिगो फाईदा दिलाउनेछ । पारिवारिक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) अनावश्यक खर्चको सम्भाबना रहेकोछ । खानपानको गडबढीका कारण स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । पारिवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । शारिरीक आलस्यातले गर्दा गरीरहेको कामको क्षेत्रमा अपजस सहनु पर्ला । खानपानमा विशेष ध्यान दिनु पर्ने समय रहेको छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) अधुरा कार्य सम्पादनका निम्ति समय उत्तम रहनेछ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ । परिवारका सदस्यहरुमध्ये कसैको स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्नेछ । जीवनसाथीको सहयोगमा गरिएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । अन्य ब्यक्तिको पूर्ण बिश्वास नगर्नु होला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) नजिकका ब्यत्तित्वहरुबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । झुटा आरोपको सम्भाबना रहेकोछ । स्वास्थ क्षेत्रको समस्या जटिल बन्ने योग रहेको छ । स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ विशेष ध्यान दिनु होला । अरुको कुरामा बिशेष ध्यान नदिनु होला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) शुभचिन्तकहरुको साथ सहयोगमा आर्थिक क्षेत्र सबल बन्नेछ । पुराना मित्रजनसँगको भेटघाटले मन हर्षित रहला । बिद्या तथा सन्तान शुख प्राप्ति हुने योग रहेकोछ । आय आर्जनमा बृद्यि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ । बौधिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा वृद्धि हुनेछ।



प्रतिक्रिया दिनुहोस्