Logo

गर्भावस्थामा रक्सी सेवन बच्चाको लागि खतरा



गर्भावस्थाको कुनै पनि अवधिमा अल्कोहल पिउनु बच्चाको लागि हानिकारक हुनसक्छ । इन्टरनेशनल जर्नल अफ एपिडेमियोलाजी ले गर्भावस्थाको क्रममा रक्सिको सेवनको प्रभावको बारेमा विश्लेषण गरेको थियो । उक्त रिर्पोटमा गर्भावस्सथामा रक्सी पिउनु बच्चाको मानसिक विकासलाई प्रभाव पार्न सक्ने तथ्य गरेको छ । रक्सी पिउने गर्भवती महिला र नपिउने महिलाकोबिचमा विश्लेषण गरीएको थियो । रक्सी पिउने महिलाको हुनेवाला बच्चाको तौल कम हुने र उसको मानसिक कार्यक्षमता पनि नकरात्मक रुपमा प्रभावित हुनसक्ने जनाइएको छ । गर्भावस्थामा रक्सी पिउनाले बच्चाको मानसिक स्वास्थ्यमा हानी पुगी उसको सीधा असर बौद्धिक क्षमतामा पुग्ने बताइएको छ । यसकारण बच्चाको शिक्षा पनि खराब हुनसक्ने जनाएको छ ।

भ्रुणको लिवरमा असर पर्छ । भु्रुणको लिवर पर्याप्त एंजाइम हुँदैन । यसकारण गर्भमा हुर्किरहेको बच्चामा यो समस्या आउछ, जसलाई फिटल ऐलकहाल सिन्ड्रोम भनिन्छ । ऐल्कहल तत्व भ्रुणको दिमाग, आँखा र शरीरको केही अंगमा नोक्सान पुराउछ । भ्रुणको हात र खुट्टाको संरचनाको आकारमा फरक आउन सक्छ र गर्भपातको आशंका धेरै बढ्न सक्छ



प्रतिक्रिया दिनुहोस्