Logo

विप्रेषण १० प्रतिशतले कम हुनसक्ने अनुमान



काठमाडौँ, ६ बैशाख । कोरना भाइरसको कारण नेपालमा भित्रने विप्रेषणमा करीब १० प्रतिशतले कमी आउन सक्ने अनुमान नेपाल राष्ट्र बैङ्कले गरेको छ ।

नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक एवं प्रवक्ता डा. गुणाकर भट्टका अनुसार अघिल्लो आवको आठ महिनामा करीब ५८२ अर्व रुपियाँ विप्रेषण भित्रिएको थियो भने चालु आवको आठ महिनामा करीब ५९२ अर्व भित्रिएको छ । तर चालु चौमासिकमा कोरनाको असर स्वरूप विप्रेषण करीब १० प्रतिशतले घट्ने अनुमान गरिएको छ । कोरना सङ्क्रमणको वैदेशिक रोजगारीमा जानेले रोजगारी गुमाउने क्रम बढेकाले स्वदेश भित्रने विप्रेषण घट्ने अवस्था रहेको उनको भनाइ छ ।

नेपाल भित्रिने कुल विप्रेषण हिस्सामध्ये खाडी मुलुकबाट मात्र करीब ५० प्रतिशत रहने गरेको छ । सन् २०२० मा ती मुलुकको आर्थिक वृद्धिदर करीब तीनदेखि चार प्रतिशतसम्म नकारात्मक बन्ने अनुमान गरिएको अवस्थामा नेपाल भित्रने विप्रेषण घट्ने अवस्था रहेको डा. भट्टले बताएका छन् । विप्रेषणमा कमी आउँदा नेपालको कूल ग्रार्हस्थ उत्पादनमा स्वाभाविक प्रभाव पर्छ । पछिल्ला वर्ष नेपालको कूल ग्रार्हस्थ्य उत्पादनमा विप्रेषणको अंश करिब २५ प्रतिशत रहँदै आएको छ । गत वर्ष करीब ८७९ अर्व रुपियाँ विप्रेषण भित्रिएकोमा यस वर्ष अवस्था सामान्य रहेको भए करीब ९०० अर्व रुपियाँ विप्रेषण भित्रन सक्ने अनुमान राष्ट्र बैङ्कले गरेको थियो । तर कोरोना भइरसको कारण आठसय अर्व रुपियाँ पुग्न पनि मुस्किल हुने अवस्था रहेको डा भट्टको बिश्लेषण छ ।

यस्तो अवस्थामा नेपालको विदेशी मुद्रा सङ्चितिमा प्रभावित हुने, सामाजिक आर्थिक विकासमा आत्मविश्वास कम हुने र क्रयशक्ति घट्नेलगायत स्वदेशमा वेरोजगारीको सङ्ख्या बढ्ने, गरिबीको दर बढ्ने खतरा पनि बढेको उहाँको तर्क रहेको छ । नेपालको अर्थतन्त्रलाई पुन लयमा ल्याउनको लागि आइएमएफ, विश्व बैङ्क, एसियाली विकास बैङ्क, एसियाली पूर्वाधार बैङ्कले दिने ऋणको उपयोग गरेर विकास निर्माण कार्यलाई तिब्रता दिनु पर्ने उनले बताएका छन् ।  यतिबेला आइएमएफले करीब २६ अर्व डलर १० वर्षकोे लागि शून्य ब्याजदरमा ऋण दिन तयार रहेको डा. भट्टको भनाइ छ । त्यसरी लिइएका ऋण कूल ग्रार्हस्थ्य उत्पादनमा २७ प्रतिशतसम्मको योगदान दिँदै आएको कृषि क्षेत्रमा खर्च गरेर चामल, तरकारी तथा फलफूल जस्ता खाद्यवस्तुको आयात ब्यवस्थित गर्न सकिने बताएकाा छन् । त्यस्तै साना तथा मझौला उद्योगको लागि पुनकर्जाको ब्यवस्था गरिन सकिने, जलविद्युतको उत्पादनलाई तीब्रता दिएर करीब दुई अर्वभन्दा बढी रुपियाँको पेट्रोलियम पदार्थलाई प्रतिस्थापन गर्नमा लगाउन सकिने बताएका छन् ।

यतिबेला खाडी लगायत विभिन्न मुलुकमा बैदेशिक रोजगारीका लागि पुगेको नेपाली श्रमिकहरूको अवस्था निकै चुनौतीपूर्ण बन्दै गएको श्रम आप्रवास विज्ञ एवं इक्वीडेम रिसर्च दक्षिण एसियाका निर्देशक रामेश्वर नेपालले बताएका छन् ।  उनले मलेशिया र खाडीका विभिन्न ६ मुलुकमा रहेका करीब दुईसय भन्दा बढी नेपालीहरूसँग कुराकानी गर्दा उनीहरूको अवस्था निकै चुनौतीपूर्ण बन्दै गएको बताएका छन् । कतिपय श्रमिक आफै कोरनाको सङ्क्रमणमा परेको र उचित उपचारसमेत नपाएको बताएका छन् । त्यस्तै कोरनाको प्रभावको कारण श्रमिकहरूले पूर्ण पारिश्रमिक नपाएको, जबरजस्ती स्वदेश फर्काउन थालेको, कतिपयको सन्चित विदालाई यही समयमा मिलान गरिएको, उपचारमा भेदभाव गरिएको पाइएको बताएका छन् । त्यस्तै अनुसन्धानमा समावेश गरिएका मध्ये ६८ प्रतिशतले मास्क र स्यानिटाइजरसमेत पाउन नसकेको पाइएको बताएकाा छन् ।

यतिबेला सरकारका नियोगहरू बलियो रूपमा उपस्थित हुन सक्नु पर्ने र विशेष सङ्कटमा रहेकाका आफ्ना नागरिकलाई स्वदेश फकाउन पनि पछि पर्नु नहुने उनले बताएका छन् । त्यस्तै दूतावासबाट जारी हुने सूचनाहरूमा पनि श्रमिकको पहुँच पुग्न नसकिरहेको बताएका छन् । उनले अधिकाँश वैदेशि रोजगारीमा रहेका मध्ये अधिकाँश कामदार स्वदेश फर्कने मनस्थितिमा रहेको बताएका छन् । ती कामदार स्वदेश फर्केमा बेरोजगारीको समस्या बढ्ने भएकाले सरकारले ठोस योजना ल्याउनु पर्ने बताएका छन् । (गोरखापत्रबाट )



प्रतिक्रिया दिनुहोस्