Logo

‘यो जुनीमा गाउँ छाड्न नपरोस्’ (फोटोफिचर)



ललितपुर, ६ वैशाख । ४७ जनाको समूह । अधिकांश केटाकेटी र महिला । छ महिनाको बच्चा बोकेकी आमा समेत छिन् । १ देखि ५ वर्षबीचका ५ जना बच्चा छन् ।

यो समूह हरिसिद्धीमा श्रम गर्दै बसेको थियो । टहरा बनाएर घर निर्माणबाट जिविकोपार्जन गर्दथ्यो । लकडाउनले उनीहरुको काम मात्र बन्द भएन काठमाडौंमा रहने मन पनि मर्यो ।

समूहका एक युवकले भने, ‘अब यो जुनीमा गाउँ छाड्न नपरोस्, कहिले काठमाडौं आउनु नपरोस् ।’ उनीहरु बालबच्चासहित १६० किलोमिटर लामो पैदल यात्रामा घर पुग्ने योजनासहित हिंडेका हुन् ।

४७ जनाको समूह देखेपछि उनीहरु रोकिए । तर, नरोक्न अनुरोध गरिरहे । उनीहरुमध्येका युवकले भने, ‘अब हामीलाई नरोक्नुहोस्, हामी गाउँमै रुखो सुखो खान्छौं ।’

तस्बिरः रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्