Logo

सनसिटी अपार्टमेन्ट आसपासका वस्तीहरुमा उच्च सतर्कता, हाँत्तिडाँडा समाजको प्रशंसनीय काम



काठमाडौं, ६ बैशाख । बेलायतबाट गत चैत्र ४ गते आइ काँडाघारीस्थित सनसीटी एपार्टमेण्टमा वसोवास गर्दै आएका एक परिवारमा कोरोना भाईरस (कोभिड(१९)को संक्रमण पुष्टी भएसँगै एपार्टमेण्ट आसपासका वस्तीहरूमा स्थानियले उच्च सतर्कता अपनाउन थालेका छन्। स्थानीय टोल सुधार समाजहरूको अग्रसरतमा बढी भिडभाड हुने क्षेत्रहरू तरकारी तथा फलफुल पसल, मासु पसल, खाद्यान्न पसल र ओपन स्पेसमा हुने भिडभाडलाई न्युनिकरण गर्न उपायहरु अपनाउन थालिएको छ।

अत्यावश्यक वस्तु सप्लाईका लागी बैकल्पिक मार्गको ब्यवस्था गरी मानिसहरूको चहल(पहल हुने र अनावश्यक भिडभाड हुने स्थानलाई स्थानीय टोल सुधार समितहरूले मुख्य नाका बन्द गरेका छन्। संक्रमणको जोखिमलाई ख्याल गर्दै बुधवार मात्र वैकल्पिक व्यवस्था सहित वस्ती भित्र आवतजावत गर्ने मुख्य नाकाहरू बन्द गरेर स्थानीयलाई सुरक्षित राख्न गोठाटारस्थित ‘हात्तीडाँडा समाज’ले कोशिस गरेको छ।

समाजले लकडाउनकै बीचमा तरकारी, फलफुल, ग्याँस र खाद्यान्न लगाएतका अत्यावश्यक सागाग्रीहरू स्थानिएको घरदैलोमै पुर्याउन संयोजन गरी रहेको छ। समाजका सदस्यहरूको आग्रहमा समाजका अध्यक्ष गणेश थापाको अगुवाईमा तरकारी तथा फलफुल व्यबसायीसँग समन्वय गरी ल्याइएको फलफुल तथा तरकारी महासचिव राजु कटुवालको संयोजन मार्फत स्थनियबासीको घर, कम्पाउण्डसम्म पुर्याउने काम भएको छ।

अपार्टमेण्ट भन्दा डेढ किलोमिटर माथी रहेको हात्तीडाँडा समाजले स्थानियका लागी खाद्यान्न ब्यवसायी, साल्ट ट्रेडीङ र तरकारी ब्यवसायीसँग समन्वय गरेर अत्वाश्यक सामग्री हप्ताको दुई पटक ल्याई सेवा प्रदान गर्ने जानकारी समाजका अध्यक्ष गणेश थापाले दिए।

स्थानीयलाई सुविधाका अतिरिक्त उक्त स्थानमा वसोवास गर्ने र लकडाउनका कारण समस्यामा परेका असंगठित क्षेत्रका मजदुर र दैनिक ज्यालदारी गरेरे जिविका चलाएका व्यक्तीहरूलाई राहतको व्यबस्था गर्न लागिएको कुरा अध्यक्ष थापाले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए।

नोवेल कोरना भाईरस संक्रमणका कारण विश्व नै आतंकित भइरहेका वेला नेपाल जस्तो सिमित साधन श्रोत भएको देशमा लकडाउनको पुर्ण पालना गरी अनावश्यक भिडभाड नगरी नेपाल प्रहरी, स्वास्थ्यकर्मी र सरोकावालालाई सघाउन स्थानियलाई अध्यक्ष थापाले आग्रह पनि गरेका छन्।



प्रतिक्रिया दिनुहोस्