Logo

भारतमा ४ मेबाट लकडाउन खुल्ने संकेत, एयरलाइन्स संचालनमा आउँदै



एजेन्सी, ७ वैशाख । भारतमा एयरलाइन्सहरु संचालनमा आउने भएका छन् । ४ मेबाट शुरु हुने गरी एयर इन्डियाले बुकिङ खुल्ला गरेको हो । यसलाई त्यहाँ तेस्रो चरणमा लकडाउन नलम्बिने संकेतका रुपमा हेरिएको छ ।

एयर इन्डियाले वेवसाइटमा सूचना प्रकाशि गरी आन्तरिक उडानमा ४ मेबाट बुकिङ खुल्ला भएको जनाएको हो । अन्तर्राष्ट्रिय उडानमध्ये केही १ जुनबाट शुरु हुने जनाइएको छ ।

इन्डिगोले पनि बुकिङ खुलाएको हो । भारतमा ३ मेसम्म लकडाउन गरिएको छ । ४ मेबाट लकडाउन खुकुलो हुने संकेतका रुपमा यसलाई लिइएको छ । पहिलो चरणमा २५ मार्चबाट १४ अप्रिलसम्म लकडाउन गरिएको थियो । दोस्रो चरणमा ३ मेसम्म लकडाउनको समय थपिएको छ ।

एयर इन्डियाले २३ मार्च देखि ३० अप्रिलसम्म बुकिङ गरेका यात्रुको टिकट क्यान्सिल गर्नुनपर्ने जनाएको छ । उनीहरुले स्वतः भविष्यमा यात्रा गर्न पाउने अवसर पाउनेछन् ।



प्रतिक्रिया दिनुहोस्