Logo

तबलीगी जमात के हो



देवबन्दी विचारधारा अर्थात सुन्नी इस्लामको हनफी पन्थीहरुको प्रमुख विचारधारालाई मान्ने जमात तबलीगी जमात हो । यस विचारधाराले थुप्रै समुह जन्माएको छ । उलेमा–ए–हिंद, उग्रवादी युवकहरु, सिमी समुह, जैशए–मुहम्मद जस्ता कतिपय देशहरुले आतंकवादी घोषित गरेका संगठन लगायतका समुहहरुले देवबंदी विचारधारा मान्ने यीनीहरु निर्मित भएका छन् । यस प्रकारका विचारधारा मान्ने जमात तबलीली जमात हो । यस जमात ‘राष्ट्रवाद’ को नाममा आन्दोलन गर्दछ । यस जमातको सुरुवात भारतबाट भएको थियो भने अहिले यस समुहको बाहुल्यता विश्वभर रहेको मानिन्छ ।

जमातको सुरुवात दिल्लीको नजिक मेवात गाँउबाट भएको हो । सन् १८५५ बाट मौलाना मोहम्मद इलियासको नेतृत्वमा करिब एक दर्जन मानिसबाट यसको सुरुवात भएको थियो । मौलाना मोहम्मद इलियास सुफी शाह वलिउल्लाहका वंशज अनुयायीका पालादेखि मदरसामा शिक्षक थिए । त्यस बेला मदरसामा थोरै विद्यार्थी हुनाले उनले शिक्षक पदबाट राजीनामा दिएका थिए । सन् १९२५ मा उनी आफ्नो दोस्रो हज यात्रा गरेर वस्ती फर्किए र इस्लाम धर्मको प्रचार प्रसार गर्न उनी दिल्लीको निजामुद्दीन वस्ती पुगे । निजामुद्दीन वस्ती सन् १२३८ देखि नै जिहाद संगठित गर्ने केन्द्र रहेको थियो । उक्त वस्तीबाट सन् १९२६ मा मौलाना इलियासले तबलीगी जमातको सुरुवात गरेको थियो । यस समुहका प्रमुख मौलाना वहिदुद्दीन खानलाई बनाइएको थियो । इस्लाम समाजमा उनी निकै चर्चित थिए । निजामुद्दीन वस्तीमा बस्ने मुस्लिम समुदायका निम्न वर्गका युवक तथा बलाकहरुलाई निशुल्क शिक्षा दिन इलियासका वुवाले मदरसा खोलेका थिए । यसक्रममा मेवातियाहरुको सम्र्पकमा इलियास आए र उनीहरुले धार्मिक शिक्षालाई बढावा दिए ।

इजलासका वुवा हजरत र उनको वंशजहरुले त्यसवेला अन्य धर्म मान्नेहरुलाई लिएर इस्लाम धर्ममा रुपान्तरण गराए । इजलासका वुवा र उनको वंशजहरुले सो समयमा हिन्दूलाई धर्म परिवर्तन गराउन आफुनो नाम, रहनसहन, पूजा समते हिन्दू जस्तै गर्ने गर्दथे र मुस्लिम धर्कको यनीहरुनै विरोध गर्ने गर्थे । आर्य वर्तका समाजले भारतीय मुस्लिम धर्म ल्याउन मद्दत गरेका थिए । सन् १९२१ मा आर्य समाज प्रचार गरेका थिए जसकारण थुप्रै समस्या उत्पन्न भएको थियो र शुद्वि आन्दोलनको सुरुवात भएको थियो । त्यसवेला उत्पन्न भएको शुद्वि आन्दोलनमा हिन्दु स्वामी श्रद्वानन्दको हत्या भएको थियो । उक्त हत्या तबलीगी जमातका व्यक्ति अब्दूल रशीदले गरेको खुलेको थियो ।

इस्लामको प्रचार गराउन भारण गरिएको हिन्दू धर्मले इस्लाम फैलाउन निकै मद्दत पुरएको थियो र धारण गरिएको हिन्दु धर्मले आर्य समाजले समेत मद्दत गर्यो र यस कारण उनीहरुलाई इस्लाम धर्मको प्रचार र फैलाउन निकै सजिलो भएको यियो । तर, मेवातीयालाई धर्म परिवर्तन गराउन निकै कठिन भएको थियो । उनको बच्चाहरुलाई मदरसा पठाउन समेत कठिन भएको खुलेको छ । बच्चाहरुमा इस्लाम धर्म पूर्ण रुपले स्वीकार गराउन र मनै देखि इस्लामिक धर्म स्वीकार्न मदरसा र धार्मिक शिक्षा निकै आवश्यक रहेको गियो ।

मेवातीयाहरुको धर्म परिवर्तन गराउन निकै कठिन भएपश्चात उनीहरुले कुरानको तालिम ढोका ढोकामा गएर दिन थाले र यस्ता प्रकारका शिक्षा प्रदान गराउन थुप्रै मदरसाहरुको स्थापना गरियो । यसले जमातका संस्थापक इलियासलाई धेरै मद्दत पुर्यायो । त्यसपछि इलियासले वरिपरि रहेका सम्पूर्ण मदरसा र इस्लामिक संंगठनलाई एकत्रित गर्न जुटे । एकत्रित हुने विषयले राम्रो छाप छोड्यो । उनीहरुले हिन्दू धर्म मान्ने व्यक्तिहरुलाई धर्म परिवर्तन गराउन दिन रात लागिपरे र अन्तयमा उनीको काम सफल हुन पुग्यो र हिन्दूको वर्चस्व रहेको मेवात शहरको स्वरुपनै परिवर्तन भयो ।

हिन्दु वर्चस्व रहेको ठाउँ मुस्लिम र मदरसा अत्याधिक हुनपुग्यो । मदरसा स्थापना समेत तिब्रगतिमा हुन थाल्यो । मेवात गाउँमा मुस्लिमको जमात बढेपछि हिन्दु भेष धारण गरेका मुस्लिमहरुले आफुनो भेष परिवर्तन गरे र आफुनो धर्मका समपूर्ण पर्वहरु एक एक गरी प्रख्यात र मनाउन थाले । त्यस पश्चात हिन्दुहरुलाई घृणाको नजरले हेर्न थाले । हिन्दुको सम्पूर्ण पर्वलाई उनीहरुले दबाउन थाले । हिन्दुको पोशााक समेतलाई घृणा उत्पन्न गराइयो ।

सन् १९४१ मा निजामुद्दीन वस्तीमा तबलीगी जमातको पहिलो परिषदको बैठक बस्यो । त्यस परिषदको बैठकमा २५ हजार मानिसहरु सहभागी भएका थिए । बैठक पश्चात सन् १९४४ मा इलियासको मृत्यु भयो । उनको देहान्त भएपछि जमातको कार्यभार सम्हाले र विस्तार समेत उनको छोरा मुहम्मद युसुफले गरे । अन्तराष्ट्रिय स्तरुमा उनको छोराले जमातलाई विस्तार गर्न लागे । यस जमातका कार्यलाई अरबीस्तानका अलेमाओहरुले रुची देखाए र निजामुद्दीन वस्तीमा उलेमाओहरु आउन थाले ।-स्रोतः विभिन्न अन्तर्राष्ट्रिय पत्रपत्रिका र विवरणहरुमा आधारित  Photo Source: open magazine



प्रतिक्रिया दिनुहोस्