फिस्टुला अंग वा नशाको बीचमा हुने एक असामान्य जोड हो । यसले प्राकृतिक रुपमा नजोडीएको अंग वा नशालाई जोड्ने काम गर्छ, जस्तो आन्द्रा वा छालाकोबीचमा, योनी वा मलाशयको बीचमा ।
फिस्टुला केही प्रकारको हुन्छन् सबैभन्दा सामान्य प्रकार हो भगन्दर (एनल फिस्टुला)
भगन्दर एक सानो नली समान हुन्छ जसले आन्द्राको भागको गुदाको नजिक छालामा जोडीदिन्छ । सामान्यतया कुनै संक्रमण सहि तरीकाले हुन पाएको हुँदैन धेरै भगन्दर तपाइँको गुदा नलीको वरपर जम्मा भएर हुन्छन् । यो छालाबाट आफै बाहिर निस्कन्छन यसको लागि अपरेसनको आवश्यकता पर्दैन । भगन्दर तब हुन्छ जब छाला बाहिर आउनेको लागि बनाएको बाटो खुल्ला हुन्छ वा ठिक हुन पाउदैन ।
लक्षण
- गुद्धारको वरपर बारम्बार फुट्नु
- गुद्धारको आसपासमा दुखाइ र सुन्निने
- दिशा जानेमा दुखाइ
- रक्तश्राव
- गुद्धारको वरपर एक भागमा धेरै रगत निस्कनु वा रगत गएपछि दुखाइ कम हुनु
- पटक पटक पस निक्लनेका कारण वरपरको छाला पोल्ने
- ज्वरो, चिसो लाग्ने र थकान महसुस हुने
- कब्जियत
- सुन्निने
कारण
- क्रोहन रोगः एक लामो बिरामी जसले पाचन तन्त्र सुन्निने
- डाइवर्टिक्युलाइटिसः ठुलो आन्द्रामा बन्ने थैली सुन्निने
- गुदाको वरपरको छालामा दाग बस्नु
- क्षयरोग वा एचआईवीबाट संक्रमित हुनु
- गुद्धारको नजिक कुनै सर्जरीको जटिलता