Logo

कुन्ति पुत्र कर्णको रहस्यमय कहानी



कर्णको पिता सुर्य र माता कुन्ती हुन्, तर उनको पालन पोषण भने एक रथ चलाउनेले गरेका थिए, यसैले उनलाई सुतपुत्र कहलिए र यसैकारण उनलाई सम्मान मिलेन, जसको हकवाला उनि थिए । यी नै महारथी कर्णसँग जोडिएका केही रोचक कहानीको आज चर्चा गरौ ।

कर्णले द्रोपदीलाई मन पराउथे उनीसँग विवाह गर्न चाहेका थिए, द्रोपदी पनि उनीसँग प्रभावित थिइन् र उनले कर्णको तस्विर देखेर निर्णय गरीसकेकी थिइन् कि आफ्नो स्वयम्बरमा उनैसंग माला लगाइदिने । तर पनि यस्तो भएन ।

द्रोपदी र कर्ण दुईजना नै विवाह गर्न चाहान्थे तर सुतपुत्र भएको कारणले विवाह भएन । नियतीले नै यी दुईको विवाह हुन दिएन, जसको परिणाम कर्ण पाण्डवहरुसँग नफरत गर्न लागे ।

द्रौपदीले परिवारको सम्मान बचाउनको लागि कर्णसँग विवाह गर्न नमानेपछि उनले दुईटा विवाह गरेका थिए ।

अविवाहित रहेकी कुन्तीले कर्णलाई जन्म दिएकी थिइन् । समाजको डरबाट बच्न उनले कर्णलाई स्विकार गरिनन् ।

श्रीकृष्णले कर्ण मृत्यु शैयामा हुँदा परिक्षा लिन आए । कृष्णले कर्ण सँग सुनको दात मागे र उनले ढुंगाले दातलाई हानेर कृष्णलाई दिए । कृष्ण खुशी हुँदै दुई वरदान माग्न आग्रह गरे । कर्णले कृष्णलाई भने एक निर्धन सुतपुत्र भएको कारण आफुलाई धेरै छल भएको बताए अर्को जन्ममा कृष्ण धर्तिमा आएर पिछडीएको वर्गको जीवन सुधार्ने प्रयत्न गर्नु पनि सुझाए । र अन्तिम वरदान उनको अन्तिम संस्कार उक्त स्थानमा हुनुपर्छ जहाँ कुनै पाप नहोस् । भने । यसकारण कृष्णले आफ्नै हातले कर्णको अन्तिम संस्कार गरे । यसरी दानवीर कर्णलाई मृत्यु पश्चात साक्षात वैकुण्ठको धाम प्राप्त भयो । (धर्मग्रन्थको सहयोगमा)



प्रतिक्रिया दिनुहोस्