खलङ्गा, ८ वैशाख :लकडाउन पालाना नगर्ने करीब पाँच सय सवारीसाधन जिल्ला प्रहरी कार्यालय जुम्लाले नियन्त्रण लिई कारवाही गरेको छ । मोटरसाइकल ४३० र चारपाङ्गे्र ८३ सवारी साधन प्रहरीले नियन्त्रण लिएको जनाइएको छ ।
सम्बन्धित निकायबाट जारी गरेको पास लिएका सवारी साधनबाहेक अरुमाथि कडाइ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख लालबहादुर धामीले बताए ।
घरघरमा जनप्रतिनिधि
जिल्लाका आठ स्थानीय तहका जनप्रतिनिधि कोराना भाइरसविरुद्ध सेवा प्रवाह गर्न घरदैलामा पुगेका छन् । यहाँका एक नगरपालिका र सात गाउँपालिकाका जनप्रतिनिधि कोभिड–१९ फैलिन नदिन सक्रिय नभई लकडाउनका कारण काम गर्न नपाएका मजदूर एवं न्यून आयस्रोत भएका स्थानीयबासीलाई र घरघरमै पुगेर राहत वितरण गर्ने गरेको हिमा गाउँपालिका वडा नं १ की नन्ददेवी सार्कीले बताए ।
कोरोनाविरुद्ध वडाबासीलाई चेतना दिन वडाध्यक्षको नेतृत्वमा चार सदस्यीय टोली परिचालन गरिएको तिला १ का वडाध्यक्ष प्ररबहादुर रावतले बताए ।