Logo

अध्यादेशप्रति आपत्ती जनाउँदै देउवाले भने- सत्ताको उन्माद (विज्ञप्तिसहित)



काठमाडौं, ८ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले आज जारी गरेको दुई अध्यादेशले सरकार नागरिकको जीवन रक्षाका लागि गम्भीर नभएको पुष्टि गरेको बताएका छन् । उनले दुवै अध्यादेशप्रति असहमति जनाउँदै सत्ताको उन्माद प्रस्तुत गरेको टिप्पणी गरेका हुन् ।

देउवाले आज विज्ञप्ति जारी गर्दै कोरोना र भोकमरीबाट नेपाली जनतालाई जोगाउनुपर्ने बेलामा सत्ताको उन्माद या खेल प्रस्तुती गरेको आरोप लगाएका छन् । उनले राजनीतिक स्थिरताको बन्दोबस्त गरिएकोमा त्यसको उल्लंघन गरिएको बाए । उनले भने, ‘नागरिक जीवन संकटमा रहेको घडीमा सरकारले चालेको कदम र राष्ट्रपतिबाट हनारमा गरिएको प्रमाणीकरणले यी सबै व्यवस्थालाई हठात उल्लंघन गरेको छ ।’

देउवाले अध्यादेशलाई अलोकतान्त्रिक एवं संविधानको मर्म विपरितको विधेयक तत्काल फिर्ता लिन माग गरेको छ ।



प्रतिक्रिया दिनुहोस्