Logo

कोरोना विरुद्ध एक भएर अघि बढ्नु पर्नेमा जोड



काठमाडौं, ९ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयको बैठकले पार्टीलाई अझ एकताबद्ध बनाउन तथा कोरोना संक्रमण विरूद्द जारी लडाइमा सिङ्गो मुलुक एक ढिक्का भई अघि बढ्नुपर्ने आवश्यकतामा विशेष जोड दिएको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को संयुक्त अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा आज जारी गर्न मन्त्रिपरिषदले निर्णय गरी अघि बढाएका अध्यादेशहरूको बारेमा छलफल भएको बैठक पछि जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशहरू जारी गर्ने निर्णय गर्नुको औचित्यबारे बैठकलाई जानकारी गराउनुभएको र तत्पश्चात् अन्य नेताहरुले यससम्बन्धी विधि, प्रक्रिया र समय सन्दर्भ लगायतमा आआफ्नो धारणा राखेका छन् ।  छलफलकै बीचमा राष्ट्रपतिबाट अध्यादेश जारी भएको सूचना प्राप्त भयो पनि जारी विज्ञप्तिमा उल्लेख छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्