काठमाडौं, ९ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पछिल्लो विकसित घट्नाक्रमले पार्टीभित्र विभिन्न शंका तथा आशंका उत्पन्न भएको भन्दै सिंगो पार्टीलाई भावनात्मक रुपमा एकताबद्ध बनाउन जिम्मेवार भूमिका खेल्नुपर्ने बताएका छन् ।
मंगलबार नेपाल कम्युनिष्ट पार्टीको ७१ औं स्थापना दिवसका अवसर पारेर एक प्रेस विज्ञप्ती जारी गर्दै नेता नेपालले यस्तो बताएका हुन् । उनले पार्टीलाई एकतावद्ध बनाइराख्न र आपसी हार्दिकता अभिवृद्धि गर्दै पार्टी काममा क्रियाशील रहनसमेत आह्वान समेत गरेका छन्।
पार्टीको विधि पद्धति तथा संगठनात्मक प्रणाली,नेतृत्व तहबीचको विश्वास,कार्यकर्ताबीचको एकतावद्ध सहकार्य र जनसमुदायको समर्थनबाट मात्र नेपाल कम्युनिष्ट पार्टीले निर्वाह गरिरहेको नेतृत्वदायी भूमिका सफलताका साथ पूरा गर्न सकिने उनले बताएका छन्।