Logo

गायत्री मन्त्रको चमत्कार



गायत्री मन्त्र वेदबाट बनाएको एक चमत्कारी र फाइदा भएको मन्त्र हो । यस मन्त्रको उच्चारणबाट आसपासमा नकरात्मक शक्ति फैलन सक्दैन । यो मन्त्रलाई वैदिक रीतीबाट जापेमा यसको शक्तिले यश, प्रसिद्धि, धन प्राप्त हुने तथा अनेक प्रकारका रोगलाई भगाई कष्ट कम गर्दछ ।

गायत्री मन्त्रको अर्थ हो– हामी ईश्वरको महिमाको ध्यान गर्दछौ, जसले यस संसारको उत्पन्न गरे, उनी पुजनीय हुन्, जसले पाप तथा अज्ञान दुर गर्ने हुन्, उनले हामीलाई प्रकाश देखाइदिए र हामीलाई सत्यको बाटोमा लैजान्छन् ।

प्रभाव

हिन्दु धर्ममा गायत्री मन्त्रको धेरै महत्व छ यो वेदको समृद्ध एक सार्वभौमिक प्राथना हो । ब्रहर्षि विश्वामित्रले यस मन्त्रलाई प्रसार गरे । उनले नै मन्त्रको लाभ खुलासा गरेका हुन् ।

यस मन्त्रको ऊँ र भगवान शिव बराबर मानिएको छ किनकी शिवले नै सृष्टि गरेका हुन् । रोगीले यो मन्त्र उच्चारण गर्नु धेरै उपयोगी हुन्छ ।

यसको उच्चारणबाट सकरात्मक उर्जा, वातावरण पवित्र, बृद्धि पवित्र, एकाग्रता बढाउने, सिक्ने शक्तिको बृद्धि हुने, संकट दुर गर्ने, रोग हटाउने, इन्द्रियलाई बलियो बनाउने, धन सम्पत्ति वृद्धि, समृद्धि आउने, पारिवारिक जीवन राम्रो हुने, आत्मविश्वास बढ्ने, खुशी प्राप्त हुने र शान्तीको लागि गायत्री मन्त्र धेरै उपयोगी हुन्छ ।



प्रतिक्रिया दिनुहोस्