काठमाडौं, १० वैशाख । नेपाल कम्युनिस्ट पार्टीले स्थापना दिवसको अवसरमा पार्टीका सांसदहरुसँग छलफल शुरु गरेका छन् । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेशस्तरीय समुहमा छलफल गरिरहेका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले स्थापना दिवसमा बालुवाटारमा संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपाका सांसदहरुसँग प्रदेशस्तरीय समुहमा छलफल गरिरहेको जानकारी दिएका छन् । उनले सुदुरपश्चिम प्रदेशबाट छलफल सुरु गरेका हुन् । छलफलमा ओली र प्रचण्डकाअलावा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ सहभागी छन् ।
नेकपाभित्र आन्तरिक विवाद चुलिंदै गर्दा दुई नेताले पार्टी स्थापना दिवसमा छलफल चलाएका हुन् । राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धि अध्यादेश ल्याएपछि नेकपाभित्रको विवाद चुलिएको छ । अहिले ओली र प्रचण्ड निकट नेताहरुबीच आरोप प्रत्यारोप चलिरहेको छ ।
Photo Source: Surya Thapa