काठमाडौं, १० वैशाख । कोरोना भाइरसबाट आज तीनजना संक्रमित थपिएका छन् । उनीहरुको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वाब परीक्षणका क्रममा आज नतिजा पोजेटिभ भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार तीनजना २४, ६० र ७२ वर्षीय पुरुष हुन् । उनीहरु क्वारेन्टाइनमा राखिएका थिए । तीनैजनालाई कोशी अस्पतालमा लगिने भएको छ ।
संक्रमित कहाँका हुन् भन्ने मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले प्रष्ट नपारेपनि उदयपुरको त्रिपुराको भुल्केस्थित नुरी मस्जिदमा यसअघि संक्रमितको सम्पर्कमा आएकामध्येका भएको बुझिएको छ । यसअघि उक्त मस्जिद र सम्पर्कमा आएकामध्ये २४ जनामा संक्रमण फेला परेको थियो । तीनजना थपिएसँगै एउटै मस्जिद र सम्पर्कमा आएकाबाट २७ जना संक्रमित भएको पाइएको छ ।
नयाँ संक्रमित
४३ औं संक्रमित २४ वर्षीय पुरुष, १० वैशाखमा पत्ता लागेको
४४ औं संक्रमित ६० वर्षीय पुरुष, १० वैशाखमा पत्ता लागेको
४५ औं संक्रमित ७२ वर्षीय पुरुष, १० वैशाखमा पत्ता लागेको