Logo

लक्ष्मणको मृत्यु कसरी भयो



बाल्मिकि रामायणको अनुसार एक पटक यमराज ब्रह्मा को सन्देश लिएर यमराज एक ऋषिको भेष बनाएर रामको एकान्त वार्ता गर्ने इच्छा प्रकट गरे र शर्त राखे जो व्यक्ति उनिहरुको (राम र ऋषिको बिच) कुरा सुनेमा उसलाई मृत्युको दण्ड दिने भनियो । शर्त स्विकार गर्दै दुवैजनाबीच वार्तालाप हुँदै गर्दा उहि समयमा मऋषि दुर्वासा राज महलमा आए र लक्षणलाई भने राम संग यसै समयमा भेट गर्न काम छ । तर धेरै पटक दुर्वासालाई रोक्ने प्रयास लक्ष्मणले गरे पनि अन्तिममा पुरै अयोध्याको नष्ट गर्ने श्राप दिन्छु भनेपछि लक्ष्मण आफै वार्तालाप भइरहेको कोठामा शर्त भंग गर्दै गए र दाजु रामलाई सुचना दिए । तब यमराज अलक्षित भए र राम तुरुन्त दुर्वासालाई भेट्न गए ।

लक्ष्मणले शर्त भंग गरेका कारण सबैले लक्ष्मणलाई त्याग्नु राम्रो हुने सल्लाह रामलाई दिएका थिए, प्राणदण्ड दिए समान त्याग्नु भएको भन्दै रामले आँखा भरी आँसु लिएर आफ्नो भाई लक्ष्मणलाई त्याग गरिदिए । रामले त्यागीदिए पश्चात लक्ष्मण रुदै अयोध्याबाट निस्किए र सौर्यको किनारमा गएर उनले आचमान गरे र हात जोडेर सम्पुर्ण इन्द्रियलाई वसमा लिई प्राण रोके । उनले योगयुक्त भएर सास लिन बन्द गरे यो देखेर इन्द्र आदी सबै देवता ऋषि र अप्सराले उक्त समयमा फुलको वर्षा गरे । महाबली लक्ष्मणलाई आफ्नो शरीरको साथमा सबै मानिसको आँखाबाट ओझेल भइ गए । उक्त समयमा देवराज इन्द्रले आफ्नो साथमा स्वर्गमा लगे । भगवान विष्णुको चतुर्थ अंश लक्ष्मणलाई आएको देखेर सबै देवता हर्षले भरिएका थिए । र उनको प्रसन्तापुसर्वक सबैले पुजा गरे । वाल्मिकिले लेखेका छन् चारौ अंशमा राम, लक्ष्मण, भरत र शत्रुघ्न हुन् ।



प्रतिक्रिया दिनुहोस्