Pen By: शुभम प्र. श्रेष्ठ ;
शब्द अहो कती मिठो
निश्चल रुपी निश्पक्ष तिम्रो भावना
हे मेरी प्यारी आमा
अमुल्य हृदय स्वच्छ तिम्रो चाहना !!
प्रिय म प्यारा छन अरुपनि
जिम्मेबार म उत्तरदायी तीनिपनि
हे मेरी प्यारी आमा
प्रकृति अहो प्रकृतिका मुहार नै तिमी !!
बालिक भए हेरिलाग्दो आज
बचनबद्द प्रस्तुत तिम्रा संस्कारहरु
हे मेरी प्यारी आमा
निर्देशन तिम्रा रितीरिबाजका अनेक प्रकार !!
मेघ गर्जिए बेदनाका अनेक्
थिए क्षण नैरास्यका प्रत्येक
हे मेरी प्यारी आमा
धन्य तिम्रो सहनसिलता अजय तिम्रो दिन हरेक !!
सन्तानका पहिलो स्पर्श तिमी
मायाको परिभाषित अर्थ तिमी
हे मेरी प्यारी आमा
जननी जन्मभुमी मेरा सर्वस्य नै तिमी !!
Insta: r_zen1 website: shuvam.info.np twitter: Szpradhan