काठमाडौं, १० बैशाख । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि लकडाउन लगाएको छ । यही बैशाख १५ गतेसम्म लकडाउन लगाईएको छ । जनताले लकडाउनको यो अवधिमा सरकारको आदेशलाई पूर्ण पालना गरिरहेका छन् ।
काठमाडौं उपत्यकामा अत्यावश्यक सेवाबाहेकका सवारीसाधन ठप्प छन् । काठमाडौं सुनसान देखिएको छ । लकडाउन पालना गराउन सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । लकडाउनको आज ३०औं दिन हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले लाजिम्पाटदेखि रत्नपार्कसम्मका वस्तुअवस्था नियाँलेका छन् । उनले आजको अवस्थालाई क्यामेरामासमेत उतारेका छन् ।