Logo

समाजवादी र राजपाबीच एकता घोषणा, पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल



काठमाडौं, १० बैशाख । समाजवादी पार्टी र राजपाबीच एकता घोषणा भएको छ । एकतासँगै नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल राख्ने सहमति भएको छ । एकताको सहमतिपत्रमा राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरदसिंह भण्डारीको र समाजवादी पार्टीबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठको हस्ताक्षर गरिएको छ ।

दुई पार्टीबीच एकताको लागि तीन बुँदे सहमति भएको छ । सहमतिको पहिलो बुँदामा पार्टी एकीकरण समानताको आधारमा गरिने उल्लेख गरिएको छ । त्यस्तै, एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल हने सहमति दोस्रो बुँदामा उल्लेख गरिएको छ । त्यस्तै, सहमतिको तेस्रो बुँदामा एकीकृत पार्टीको झण्ठा समाजवादी पार्टीले प्रयोग गर्दै आएको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुने छ । र, चौथो नम्बरमा एकीकृत पार्टीको चुनाव चिन्ह राजपा नेपालले प्रयोग गर्दै आएको छाता हुनेछ भन्ने कुरा उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्