काठमाडौं, ११ वैशाख । आज मातातीर्थ औंशी । काठमाडौंको मातातीर्थमा हरेक वर्ष मेला लाग्ने गरेको छ । तर, यसवर्ष मातातीर्थ मन्दिर सुनसान छ ।
मातातीर्थ मन्दिरको मुख्य गेट बन्द छ । मानिसहरु कोही देखिदैनन् । आमा देहावसान भएकाहरु सम्झनाका लागि त्यहाँ स्नान र दर्शनका लागि मातातीर्थ औंशीका दिन पुग्ने गर्दथे ।
कोरोना भाइरसको रोकथामका लागि लकडाउन भएकाले यस वर्ष मातातीर्थको मेला समेत प्रभावित भयो । त्यहाँ मेला नै बन्द गरिएको छ ।
तस्बिरः रिपोर्टर्स नेपाल