Logo

रक्सीको नसामा इन्सपेक्टरले डिएसपीलाई कुटेपछि…



काठमाडौं, बैशाख ११ । रुपन्देहीको सुनौली राजश्व गुल्म प्रमुख प्रहरी उपरिक्षक (डिएसपी) मानबहादुर शाही ब्यारेककै भित्रै कुटिएका छन् । उनलाई प्रहरी निरीक्षकद्धय दयाराम पौडेल र केशव भट्टराईले कुटपीट गरेका हुन्।

घटना मंगलबार साझको हो । ब्यारेक भित्र मदिरा निषेधित रहेपनि उनीहरु बाहिरबाट रक्सीले मात्दै भित्र गएका थिए । ब्यारेक भित्र मादक पदार्थ खाएर आउन पाइदैन भन्ने थाह छैन भनेर डिएसपीले सम्झाउँदा इन्सपेक्टरद्वय डिएसपीमाथि नै कुटपीटमा उत्रेका थिए ।

सशस्त्र प्रहरी स्रोतका अनुसार हाल निरीक्षकद्धयलाई सशस्त्र प्रहरी बल मूख्यालयले नियन्त्रणमा लिएर कारवाहीको अगाडी बढाएको छ ।



प्रतिक्रिया दिनुहोस्