Logo

नेपाली सेनाद्वारा कोरोना भाइरसम्बन्धी प्रदर्शनी



जलेश्वर, ११ वैशाख : महोत्तरी जिल्ला सदरमुकाम जलेश्वरमा रहेको नेपाली सेनाको रणभीम गणले आज कोरोना भाइरससम्बन्धी प्रदर्शनी गरेको छ । मध्यपूर्वी पृतनाको आयोजनामा रणभीम गणले आज जिल्लाका सम्पूर्ण सरोकार पक्षलाई बोलाएर संक्रमण फैलिएमा रोकथाम, नियन्त्रण, यसबाट बच्न र बचाउने उपायबारे गणको परिसरमा प्रदर्शनी भएको हो ।

विभिन्न व्यक्तिले प्रयोग गर्ने ६ प्रकारका पिपिई तथा त्यसको प्रयोगको तरिका पनि प्रदर्शनीमा देखाइएको थियो । कोरोनाको संक्रमणबाट यदि कोही मानिसको मृत्यु भएमा मृत शरीर कसरी व्यवस्थापन गर्ने, परिवारजन संक्रमणबाट टाढा राख्ने, सान्त्वना दिने र अन्तिम संस्कार गर्नेसम्बन्धी विषय पनि प्रदर्शनीमा देखाइएको थियो ।

३३ थान पिपिई प्रदान

जिल्ला विपद् व्यवस्थापन समिति महोत्तरीलाई आज एक समाजसेवीले ३३ थान पिपिई प्रदान गरेका छन् । कोभिड –१९ को जोखिमबाट बच्न, बचाउन तथा रोकथामका लागि जिल्लाको गौशाला नगरपालिका –११ निवासी योगनारायण महतोले समितिलाई पिपिई प्रदान गरेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए ।

महतोले आजै नेपाल पत्रकार महासंघ महोत्तरीका अध्यक्ष कमले मण्डललाई महासंघको भवनमै पुगेर पत्रकारका लागि स्यानिटाइजर र पञ्जासमेत प्रदान गरेका हुन् ।रासस



प्रतिक्रिया दिनुहोस्