Logo

यसकारण भयो कंसको जन्म



मथुरा नगरीमा यदुवंशी राजा उग्रसेनले राजगर्दथे । उनको विवाह विर्दभको राजा सत्यकेतुको छोरी पद्यावतीको साथ भएको थियो । महाराज यग्रसेन विवाह पछि आफ्नी पत्नी पद्यावतीसँग धेरै प्रेम गर्न थाले यहाँ सम्मकी पत्नी बिना खाना पनि खान्थेनन् । समय बित्दै गयो एक दिन महाराज सत्यकेतुलाई आफ्नी छोरीको याद आउछ । र उनले दुत पठाउछन् र दुतको साथमा पद्यावती विर्दभ गइन् ।

उनी आफ्ना साथीहरुसँग घुम्दै एउटा पर्वत तिर गए उक्त पर्वतमा सुन्दर वन देखे वनमा सुन्दर तलाउ थियो । सबै साथीहरु सुन्दर ताल देखेर नुहाउन लागे । सबैजना साथीहरु नुहाउन लागेको बेलामा आकाशबाट गोभुल नामको राक्षस आउछ र पद्यावतीलाई नजर लगाउछ । पद्यावती माथी मोहित भएर उनको बारेमा बुझ्छ । र महाराज उग्रसेनको रुप धारण गरेर पर्वतमा गएर मधुर आवाजमा गीत गाउछ । पद्यावतीलाई उक्त आवाज उग्रसेनको जस्तो लाग्छ र पर्वतमा दौडिएर पुगिन् ।

उग्रसेनलाई देखेर पद्यावतीले कसरी आउनु भयो भन्दै सोध्न थालिन गोभिल राक्षसले पनि सबै बेलिबिस्तार लगाउदै गयो । एक अर्कालाई सोध खोज गर्दा गर्दै उग्रसेनको शरीरमा एक निशाना देखिन जुन पहिला उग्रसेनको शरीरमा थिएन् । तब पद्यावतीलाई सच्चाई थाहा भयो उ उग्रसेन नभई राक्षस हो तर समय धेरै अगाडी बढिसकेको थियो । उनिहरु बिच शारीरीक सम्बन्ध भइसकेको थियो । दैत्य गोभिलले उनलाई भने कि हाम्रो यस मिलनले जुन सन्तान जन्मन्छ यसको क्रुरताले पुरै विश्व नै डराउछ । समय बित्दै गयो पद्यावती उग्रसेनको नजिक गइन् उग्रसेनले यी सबै हुँदा पनि धेरै प्रेम भएकाले स्विकारे । समयको अन्तरालसँगै गर्भधारण पछि सन्तानको जन्म दिए जसको नाम कंस हो ।



प्रतिक्रिया दिनुहोस्