१२ वैशाख : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अधिकारीहरुका अनुसार वायु प्रदुषणको उच्च स्तर कोभिड–१९ को गम्भीर मामलाका लागि एउटा रिस्क फ्याक्टर प्रमाणित हुन सक्नेछ ।
हालै गरिएको दुई छुट्टाछुट्टै अनुसन्धानमा उच्च वायु प्रदुषण र कोरोना भाइरसबाट हुने मृत्युको अधिक दर बीचको सबन्ध सार्वजनिक भएको छ । यो अनुसन्धानमध्ये एउटा हार्वर्ड यूनिभर्सिटीका अनुसन्धानकर्ताहरुको रहेको छ ।
डब्ल्यूएचओको जनस्वास्थ्य तथा पर्यावरण विभागका डाइरेक्टर डा.मारिया नाइराका अनुसार, यदि देशमा वायु प्रदुषणको उच्च स्तर भयो भने कोभिड–१९ सँग लड्नका लागि यस विषयका बारेमा पनि विचार गर्न जरुरी छ । किनकि वायु प्रदुषणका कारण कोभिड–१९ बिरामीहरुको मृत्यु दरमा वृद्धि हुने आशंका रहेको छ ।
उनले भनिन्, हामीले ल्याटिन अमेरिका, अफ्रिका र एशियामा नजर राखेका छौँ । हामी आफ्नो डेटाबेसका आधारमा सबैभन्दा धेरै प्रदुषित शहरहरुको म्यापिङ गरिरहेका छौँ, ताकि यि क्षेत्रहरुमा सरकारलाई समर्थन गर्न सकियोस् । यसबाट उनीहरुले कोरोनाको महामारीबाट बच्नका लागि सही तरिकाले तयारी गर्न सक्दछन् ।
मेडिकल प्रोफेशनल्सहरु भने अहिले नै कोभिड¬–१९ र उच्च वायु प्रदुषणको स्तरका बीच कुनै सम्बन्ध छ भनेर प्रमाणित गर्नु छिटोमा लिइएको निर्णय मात्र हुनेछ भन्ने कुरामा सहमत छन् ।
यद्यपी केही देशका मेडिकल प्रोफेशनल्सहरुका अनुसार, उनीहरुले केही यस्ता बिरामीहरु देखेका छन्, जो पहिलेदेखि नै वायु प्रदुषणमा आधारित बिमारीबाट पीडित थिए र त्यसपछि उनीहरु गम्भीर कोभिड–१९ संक्रमणको शिकार भए ।
उता वायु प्रदुषणका कारण हरेक वर्ष करिब ७० लाख मानिसहरुको मृत्यु हुने डब्ल्यूएचओको अनुमान छ ।
लामो समयसम्म वायु प्रदुषणमा रहनुको असरबारे हार्वर्ड यूनिभर्सिटीको एउटा अनुसन्धानबाट पत्ता लागेको छ कि, महामारीको पहिलेको वर्षमा वायु प्रदुषणको स्तरमा सामान्य बढोत्तरीबाट कोभिड–१९ को मृत्युदरमा करिब १५ प्रतिशत वृद्धि हुन सक्नेछ ।
हार्वर्ड यूनिभर्सिटीको रिपोर्टका अनुसार, कोभिड–१९ को मृत्युदर सामान्य रुपमा अधिक जनघनत्व भएको क्षेत्रमा बढी देखिइरहेको छ ।मेरोलागानी